‘छ माया छपक्कै’ प्रदर्शनको ५१ औं दिनको नजिक : निर्माता रोहित अधिकारी दंग

मंसिर ६, २०७६

काठमाडौं– यतिबेला निर्माता रोहित अधिकारी दंग छन् । उनले निर्माण गरेको फिल्म ‘छ माया छपक्कै’ प्रदर्शनको ५१ औं दिनको नजिक पुगेको छ । फिल्म यो बर्षको हालसम्मकै सर्वाधिक कमाउने फिल्म समेत बनेको छ । फिल्मले अहिलेसम्म १२ करोड माथिको व्यवसाय गरिसकेको रोहितले बताए ।

रोहित फिल्म ‘गाजलु’ बाट निर्माणमा होमिएका हुन् । ‘गाजलु’ युवा स्टार अनमोल केसी र पूर्व मिस नेपाल समेत रहेकी अभिनेत्री श्रृष्टि श्रेष्ठ लिएर जोडीका रुपमा थिए । फिल्मले राम्रो व्यवसाय समेत गर्यो । पहिलो फिल्म अनमोल र श्रृष्टिलाई लिएर हिट भएपछि दोस्रो के गरेर, कसरी बनाउने उनी दुबिधामा थिए । यतिकैमा उनको ‘छक्का पन्जा’ सिरिजका युनिट दिपकराज गिरी लगायतको टिमसँग सहकार्य भयो ।

आफ्नै ब्यानरमा हिट फिल्म दिइरहेका दिपकराज गिरीको टिम र रोहितको सहकार्यमा ‘छ माया छपक्कै’ बन्यो । फिल्म सफल मात्र होइन ब्लकबस्टर नै भयो । धेरै बनाएर पनि एक फिल्म हिट दिन नसकेका कारण निर्माणमा स्थिापित हुन नसकेका केही निर्माता अझै छन् फिल्म क्षेत्रमा । रोहित भने त्यस्तो भाग्यमानी निर्माता सावित भए । जसले बनाएको सबै फिल्म हिट भयो ।

 


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको