समाजवादीको चुनावी सभामा ,विष्णु पौडेलको बालुवाटारको लालपूर्जामाफोटो

चक्र प्रसाद पोख्रेल ३ वर्ष अगाडि

पोखरा -कास्कीमा हुन लागेको उपनिर्वाचनमा आफ्नो उमेदवारलाई भोट माग्‍न दलहरुलाई भ्याइ नभ्याइ भइरहेको यो समयमा आइतबार समाजवादी पार्टिले पोखराको पृथ्वी चोकमा आमसभा गरेको छ। सभामा आएका नेता कार्यकर्ताले बालुवाटार जग्गा काण्डमा मुछिएका नेकपाका महासचिव विष्णु पौडेलको फोटोसहित बालुवाटारको लालपुर्जा बोकेर सरकारको विरोध जनाए। उनिहरुले भने, ुसरकारी जग्गा कब्जा बन्द गर, भ्रष्टाचार बन्द गर।ु त्यस्तै उनीहरुले तत्कालीन पर्यटन मन्त्री रविन्द्र अधिकारीलाई जोडेर वाइडबडी जहाजको प्रतिमूर्ति पनि प्रदर्शन गरे। समाजवादीको सभालाई सम्बोधन गर्न संघीय अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव कास्की आएका छन्। समाजवादीले इन्जिनियर धर्मराज गुरुङलाई कास्की २ मा उम्मेदवार बनाएको छ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट