प्रभु बैंकको पुरानो भिसा कार्ड माघबाट नचल्ने

३ वर्ष अगाडि

 काठमाडौँ – प्रभु बैंकको भिसा कार्ड नचल्ने भएको छ। बैंकले सूचना निकालेर माघ १ गतेदेखि कार्ड नचल्ने बताएको हो ।

मंगलबार जारी सूचनामा बैंकले अत्याधुनिक प्रविधियुक्त एसटिसी युपिआइ कार्ड प्रयोगमा ल्याउनको लागि पुरानो कार्ड बन्द गर्न लागेको उल्लेख छ । अधिकतम सुविधा र सुरक्षित कारोबारको लागि बैंकले नयाँ कार्डको प्रविधि भित्राउन लागेको हो ।

बैंकले माघ १ गते भित्र भिसा कार्ड हुने ग्राहकको लागि नजिकको बैंकमा जानकारी गराएर नयाँ कार्ड लिन पनि आह्वान गरेको छ ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट