सरकारले विगतको भन्दा सागको बिजेतालाई यो बर्ष उल्लेख्य पुरस्कार दिने

३ वर्ष अगाडि

काठमाडौँ – सरकारले सागमा पदक बिजेता खेलाडीलाई विगतको भन्दा उल्लेख्य पुरस्कार दिने घोषणा गरेको छ ।

मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले १३ औँ सागका खेलाडीहरुलाई विशेष सम्बोधन गर्ने कार्यक्रममा प्रधानमन्त्री स्वास्थ्यका कारण उपस्थित हुन नसकेपछि अर्थमन्त्री डा. युवराज खतिवडाले सम्बोधन गर्दै खेलाडीलाई उल्लेख्य सम्मान गर्ने घोषणा गरेका हुन् ।

यसअघि स्वर्ण बिजेता खेलाडीलाई ३ लाख, रजत बिजेतालाई २ लाख र कास्य बिजेतालाई १ लाख दिइँदै आएको थियो । मन्त्री खतिवडाले चाँडै मन्त्रिपरिषदको बैठक बसेर खेलाडीहरुलाई विगतकोभन्दा बढी पुरस्कार दिने घोषणा गर्ने बताए छन् ।

 


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट