बिष्णु माझीको लोक दोहोरी गित ‘हासेको मायालुमा’ लोमश शर्माको बेजोड प्रस्तुति

३ वर्ष अगाडि

काठमाडौँ –  गायिका विष्णु माझी र गायक सन्जय फ्राउनफिल्डरको आवाजमा ‘हाँसेको मायालु’बोलको लोकदोहोरी गीतको भिडियो सार्वजनिक गरिएको छ । कुमार परियार ‘धादिङे’को शब्द रहेको गीतमा आयुष परियारको संगीत छ ।

गीतका एरेञ्जर भने बिनोद बाजुराली हुन् । सार्वजनिक गीतको भिडियोमा मोडल लोमश शर्मा, पुजन घिमिरे र रितु तामाङको अभिनय रहेको छ । गीतको भिडियोलाई शिव वि.क.ले कोरियोग्राफी तथा निर्देशन गरेका हुन् । शम्भु चालिसेको छायांकन रहेको भिडियो सम्पादनको जिम्मेवारी विकास धमलाले निर्वाह गरेका छन् । भिडियो एसएफ आर ईन्टरटेन्मेन्टको युट्युब च्यानलमा सार्वजनिक छ ।

भिडियो : 

 

 


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट