सदर चिडियाखानामा सिंह, जेब्रा र डांफे लोप

केशवराज भट्ट मंसिर ११, २०७६

काठमाडौँ-   जावलाखेलस्थित नेपालको एक मात्र सदरचिडियाखानामा संरक्षण गरिएका कतिपय जीव -जन्तु हरुको संख्यामा क्रमिक रुपले ह्रास आउन थालेको छ भने केहि महत्त्वपूर्ण जीवजन्तुहरु लोप भै सकेका छन् ।

जङ्गलको राजा मानिने सिंह र रास्ट्रीय चरा मानिने डांफे समेत चिडियाखानामा हेर्न पाइदैन । त्यसैगरी आकर्षक जन्तु जेब्रा पनी चिडियाखानाबाट विलय भएको छ । हाल चिडियाखानामा हरिण, मृग, बादर, निलगाइ, पाटे बाघ, अर्ना, गैडा र भालुको संख्या यथाबत छ, भने जलगैडा,हात्ती ,नाउर, जरायो ,हिमाली भालु र घोरलको संख्या एक एक वा जोडीबिहिन छन । त्यसैले यस्ता एकल जन्तुहरुको निम्ति समयमै उपयुुक्त जोडीको ब्यबस्थापन नगर्ने हो भने प्रजनन क्रियाको अभावमा तिनीहरुको लोप हुने सम्भावना पनि बढेको छ । चिडियाखाना भित्र राखिएका चराचुरुङ्गीहरुको संख्या पनि घट्दो क्रममा छ । केही चराहरुको संख्या यथाबत रहेपनी मयुर,मुनाल ,सेतो कालिज ,भुडिफोर र लाटो कोशेरोको संख्या न्युनमात्रै रहेको छ ।

सदरचिडियाखाना भित्र ११३ प्रजातिका करीब ११०० जीवजन्तु र चराचुरुङ्गी रहेकोे कुरा कार्यालयकि सूचना अधिकारी लीनाचालिसेले बताउनु भयो । उहाँले हाल ५२ वटा जीवजन्तु बस्ने खोर निर्माण भएतापनि केही जीवजन्तु मरिसकेका र केहिको स्थानान्तरण भएको कारण ४-५ खोर रित्तो रहेको जानकारी दिनु भयो । ” चिडियाखानाको ब्यबस्थापनको निम्ति साधनश्रोतको अभाव ; अत्याधुनिक औषधि-उपकरणको कमी; सागुरो स्थान र सरसफाइ जस्ता कुराहरू चुनौतीको रुपमा देखा पर्ने गरेको ” प्रतिक्रिया मुख्य ब्यबस्थापक चिरञ्जीवी प्रसाद पोख्रेलले  बताउनु भयो ।

सन् १९३२ मा राणा प्रधानमन्त्री जुद्धशम्शेरको पालामा स्थापित उक्त चिडियाखाना ६ हेक्टर जमीन क्षेत्रफलमा फैलिएको छ। राष्टिय प्रकृति संरक्षण कोष अन्तरगत संचालित यस संस्थाको बार्षिक आम्दानी मोटै हुनेगरेको कुरा राजस्व – लेखा श्रोतले जानकारी दिएको छ । तर बदलिँदो परिस्थिति अनुरुप यसको चुस्त दुरुस्त ब्यंबस्थापन र आर्थिक पारदर्शिताको निमित्त सम्ब्द्ध निकायले सक्रियता र निगरानी राख्नुपर्ने आजको आबश्यकता भएको छ ।

 

 


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको