नेबि संघले शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई राजीनामा दिन माग

मंसिर १२, २०७६

 काठमाडौं –  अखिल नेपाल विद्यार्थी युनियनले सरकार र मेडिकल कलेज सञ्चालकबीच भएको सहमति खारेज गर्न माग गरेको छ ।

बिहीबार विज्ञप्ति जारी गरी संगठनले एमबीबीएस, बीडीएस, नर्सिङ र बीपीएच लगायत मेडिकल शिक्षाका विद्यार्थीबाट असुलिएको सबै शुल्क फिर्ता गर्न माग गरेको छ । त्यस्तै २०७६/७७ को लागि वृद्धि गरिएको शुल्क पनि तत्काल खारेज गर्न माग गरेको छ ।

शैक्षिक सत्र २०७२/७३ र २०७३/७४ ब्याचका विद्यार्थीको पनि अतिरिक्त शुल्क फिर्ता गराउनुपर्नेमा सरकारले २०७४/७५ र २०७५/७६ को विद्यार्थीको मात्र शुल्क समायोजन गर्ने भनी भ्रम छर्न खोजेको विद्यार्थी युनियनले बताएको छ ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले पटक पटक आफ्नै निर्देशन कार्यान्वयन गर्न नसकेको भन्दै राजीनामा दिन माग गरेको छ ।

अनलाई खबरबाट


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको