त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आठ किलो सुनसहित दुईजना पक्राउ

२ वर्ष अगाडि

काठमाडौं –  त्रिभुवन विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयले हङकङबाट काठमाडौं आउँदै गरेका चेन होङयाङ र सेचपेन झेयाङलाई बिहीबार राति ११ :४० बजे आठ किलो सुनसहित  पक्राउ गरेको हो ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक शैलश थापा क्षेत्रीले नियमित चेकजाँचका क्रममा सुनसहित चिनियाँ नागरिकलाई पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ परेका दुबैजनालाई महानगरीय प्रहरी वृत्त गौशाला राखिएको छ । पक्राउ परेका व्यक्तिबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

रासस


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट