बाहुनकी छोरी र दलितका छोराले गरे धुमधाम मागी विवाह

मंसिर १३, २०७६

काठमाडौँ –  इटहरी निवासी मिरा रेग्मी र उमेश सेन्च्युरी विश्वकर्माले हिन्दु परम्पराअनुसार मागी विवाह गरेका हुन्  ।

अन्तरजातिय मागी विवाह गरेका नवविवाहित जोडीले समाजमा रहेको विभेदलाई अन्त्य गर्न मागी विवाह गर्नु परेको बताएका छन् ।

यो जोडिले समाज रुपान्तरण गर्न परिवर्तन आफैबाट शुरु गर्नुपर्छ भन्ने उदाहरणलाई व्यवहारिक रुपमा देखाएका छन । इटहरीका दुई युवा सामाजिक अभियन्ता रेग्मी र सेन्च्युरीको परिवारबीचमा सहमति भएपछि परम्परागत रुपमा दुई अन्तरजातीय समूहका युवा–युवतीबीच मागी विवाह गरेर समाजलाई चेतनामुलक सन्देश दिएका छन् ।

उक्त विवाह समारोहमा विभिन्न सामाजिक अभियान्तादेखि संचारकर्मी लगायत स्थानिय र आफन्तको उपस्थिति रहेको थियो । उनीहरुले युवा पुस्तालाई सन्देश दिन आफूले मागी विवाह गरेको र समाजमा सकारात्मक सन्देश दिन आवश्यक रहेको बताएका छन्  ।

 


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको