१३औं दक्षिण एसियाली खेलकुदको उद्घाटन आज

मंसिर १५, २०७६

काठमाडौँ – १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को औपचारिक उद्घाटन आज साँझ ५ः०० बजे दशरथ रंगशालामा हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले विशेष समारोहबीच महादेशीय खेलकुदको महाकुम्भ सागको उद्घाटन गर्नेछिन् ।

तीन घण्टा १४ मिनेट लामो उद्घाटन सत्रलाई नेपालको कला, संस्कृति र प्राकृतिक सौन्दर्यको झलकका रुपमा प्रस्तुत गरिने १३औं साग समारोह समितिका सचिव कुलबहादुर थापाले बताए । सागको उद्घाटन र समापन समारोहको बजेट मात्र १५ करोड रुपैयाँ रहेको छ । साग आयोजनाका लागि नेपाल सरकारले ५ अर्ब २५ करोड लगानी गरेको छ ।

उद्घाटनमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, कलाकार, विद्यार्थी र विभिन्न जातजातिका झाँकी प्रस्तुत गर्नेछन् । उद्घाटन र समापान दुवैमा १५ हजार जना कलाकारको प्रस्तुली रहने पनि थापाले बताए । सातवटै देशको खेलाडीको मार्चपासबाट सुरु हुने उद्घाटन सत्रमा कलाकारले नेपालको राष्ट्रियता झल्कने प्रस्तुती दिनेछन् ।

सेना, प्रहरी र शसस्त्र प्रहरीको ब्यान्डले छुट्टै प्रस्तुली दिनेछ । नेपालका तीनसय भन्दा बढी चर्चित ब्यवसायिक कलाकारले गायन र नृत्य प्रस्तुत गर्नेछन् । आतासबाजी देखि लेजर बिम, लाइटिङ, इलेक्ट्रोनिक कलाले पनि उद्घाटन सत्रलाई थप रोमाञ्चक बनाउनेछ । पाँचसय भन्दा बढी बाध्यबादकले नेपालको विभिन्न मौलिक बाजा बजाउनेछन् । नेपालले साग खेलको आयोजनालाई नेपाल भ्रमणबर्ष २०२० को तयारीको रुपमा समेत लिएको छ ।

सागको औपचारिक उद्घाटनकै दिन आइतबार देखि चार वटा खेल सुचारु हुँदैछन् ।  पोखरामा ब्याडमिन्टन खेल सुरु हुनेछ । भलिबल खेल चारदिने अघिदेखि सुरु भइसकेको छ । दशरथ रंगशालामा एउटै मात्र कभर्डहल रहेको र त्यहाँ बास्केटबल खेल समेत खेलाउनु पर्ने भएकोले भलिबल उद्घाटन अघिनै सुरु गरिएको हो ।

रातोपाटिबाट


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको