सुलक्षण कीर्ति क्याम्पसको औपचारिक उदघाटन सम्पन्न…..
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
काठमाडौं – यस वर्षको सेजन अवार्ड पत्रकार मात्रिका दाहाल र पत्रकार केदार दाहालले प्राप्त गरेका छन् । सेजनले हरेक वर्ष स्थापना दिवसमा छापा माध्ययमबाट उत्कृष्ट समाचार लेख्ने एकजना र विद्युतीय माध्यमबाट उत्कृष्ट समाचार लेख्ने एकजनालाई अवार्ड दिँदै आएकोमा यस वर्ष दुई दाहाल पत्रकारले पुरस्कार पाएका हुन् ।
नागरिक दैनिकबाट बालुवाटारको जग्गाको सवालमा समाचार लेखेका मातृका दाहाल र काठमाडौं प्रेसबाट काठमाडौं हेटौँडा सुरुङ मार्गमा जनताको ठूलो रकम फसेको सवालमा लेखेको समाचारबाट केदार दाहाललाई अवार्ड दिइएको हो । अहिले भने उनीहरू क्रमश कान्तिपर दैनिक र नयाँ पत्रिका दैनिकमा कार्यरत रहेका छन् । उनीहरूलाई अवार्डसहित ५०/५० हजार पुरस्कार दिइएको हो ।
त्यस्तै एक लाख रुपैयाँ राशिको स्वर्गीय सञ्जय न्यौपाने पत्रकारिता फेलोसिप रमेशकुमार न्यौपानेले पाएका छन् भने २५ हजार रासीको हाइड्रो फेलोसिप अन्नपूर्ण दैनिकका राजु बास्कोटाले प्राप्त गरेका छन् । सेजनले लामो समयदेखि आर्थिक पत्रकारितामा कमल चलाइरहेका ४ जनालाई सम्मान गरेको छ। जसमा गोरखापत्र दैनिकका जुनारबाबु बस्नेत, सञ्चारिकाकी अध्यक्षसमेत रहेको पत्रकार नितु पण्डित, सेजनका संस्थापक रामप्रसाद दाहाल र सुनाखरीका सम्पादक शिव दुवाडीलाई सम्मान गरिएको छ ।
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
यो नारी दिवस हटाइयोस … ….. साच्चै नै यो नारी दिवश हटाउनै पर्छ …किनकी … तमाम
नेकपा एमाले कर्णाली प्रदेश सम्पर्क कमिटी अन्तर्गत विभिन्न जिल्लाहरुमा जिल्ला सम्पर्क मञ्चका अधिवेशनहरु आज सम्पन्न भएका