कर्णकुमार श्रेष्ठका दुई कृति एक साथ सार्बजनिक

तोताद्री नारायण हेजु मंसिर १७, २०७६

 

काठमार्डौ- स्वर्गिय कर्णकुमार श्रेष्ठद्धारा लिखित पुस्तक उस्तै उस्तै मान्छे र उनैद्धारा रचित गीत तथा गजलहरु संग्रहित एल्वममनको सागरको विमोचन सम्पनन भएको छ ।वरिष्ठ साहित्यकार एवम चलचित्र निर्देशक यनदव खरेलको प्रमुख आतिथ्य तथा विशिष्ठ अतिथिहरु शिक्षक ईश्वरी भण्डारी, विशिष्ठ साहित्यकार तथा समालोचक लक्ष्मण गाम्नागे,साहित्यकार तथा संचारकर्मी प्रकाश सायमी र चर्चित संगीतकार राजु सिंह लगायत अतिथिहरुले पुस्तक तथा एल्वमको बारेमा मन्तव्य राखेका थिए ।चलचित्र निर्माता एवम समाजसेवी गोपाल कर्माचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वर्गिय श्रेष्ठद्धारा लिखित पुस्तक उस्तै उस्तै मान्छे र श्रेष्ठद्धारा रचित गीत तथा गजलहरु संग्रहित एल्वम मनको सागरमा नेपालका चर्चित कलाकारहरुले स्वर दिएका छन 

विमोचित एल्बम मनको सागर’मा ७ वटा गीत तथा गजलहरु रहेका छन् । संग्रहित गीत तथा गजलहरुमा अन्जु पन्त, शिव परियार, रामकृष्ण ढकाल, मनोज राज सिवाकोटी, दिपशिखा राहुल, सजल न्यौपाने र बुनु श्रेष्ठ आदीको आवाज रहेको छ । ति गीत तथा गजलहरुमा किरण कडेंल, बि।एन।निराकार, रिदम कडेंल र रामकुमार रिमालले संगीत सिर्जना गरेका छन् भने किरण कडेंल, बि।एन।निराकार, रिदम कडेंल र देवेन्द्र नेवाले संगीत संयोजन गरेका छन् । 

२००० सालमा गढीथुम्का, इलाममा जन्मिका श्रेष्ठको गत बर्ष निधन भएको थियो । श्रेष्ठ साहित्यिक क्षेत्रसंगसंगै समाजसेवामा समेत क्रियाशील थिए । करिब ४ दशक शिक्षण पेशामा अनवरत रुपमा क्रियाशील श्रेष्ठले आफ्नो जीवनकालमा नेपालका विकट क्षेत्रहरुमा व्वतःस्फूर्त रुपमा निःशुल्क शिक्षा समेत प्रदान गरेका थिए । श्रेष्ठको यसअघि नाकको अप्रेशन हास्यव्यङ्ग्यसंग्रह ऋतम्भरा गजलसंग्रह, मनको सागर गजलसंग्रह र मुखाले पोथी बाल–कथासंग्रह प्रकाशित भैसकेका छन् ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको