जापानिज भाषा परीक्षामा १ जना मात्रै पास, सीप परीक्षामा सबै फेल

२ वर्ष अगाडि

काठमाडौं – नर्सिङ केयर कामका लागि जापान जानेहरुलाई जापान फाउण्डेसनले गत अक्टोबरमा लिएको जापानिज भाषा परीक्षाको नतिजा सोमबार सार्वजनिक गरेको छ । फाउण्डेसनले लिएको भाषा परीक्षामा १ जना परीक्षार्थी मात्र उत्तीर्ण भएका छन् भने सीप परीक्षणमा सहभागी सबै परीक्षार्थी अनुत्तीर्ण भएका छन् ।

जापानले गत अक्टोबर १७, १८ र १९ मा पहिलो चरणको भाषा परीक्षा सञ्चालन गरेको थियो । जापान फाउण्डेसनले भाषा परीक्षामा सामेल हुन इच्छुकहरुलाई आवेदन माग गरी लक्की ड्रमार्फत छनोट गरेको थियो । लक्की ड्रमार्फत छनोट भएकाहरुलाई भाषा परीक्षा र सीप परीक्षणमा सामेल गराएको थियो ।

नर्सिङ केयर जापानिज ल्याङ्ग्वेज इभ्यालुएसन टेस्ट अर्थात् भाषा परीक्षामा १२ जना परीक्षार्थीहरु सामेल भएका थिए। जसमध्ये १ जनामात्रै उत्तीर्ण भएको फाउण्डेसनले उल्लेख गरेको छ।

नर्सिङ केयर स्किल इभ्यालुएसन टेस्टमा १५ जना सहभागी भएकामध्ये उत्तीर्णको संख्या शून्य छ। जापानले पहिलो चरणमा कम्प्युटर बेसमा आधारित परीक्षा लिएको थियो।

कुन मूलुकबाट कति उत्तीर्ण

फाउण्डेसनले नर्सिङ केयरका लागि नेपालसँगसँगै फिलिपिन्स, कम्बोडिया, इन्डोनेसियामा लिएको भाषा परीक्षा र सिप परीक्षणको नतिजा एकैपटक सार्वजनिक गरेको छ। भाषा परीक्षामा फिलिपिन्सबाट ४७ जना सहभागीमध्ये ३८ जना उत्तीर्ण भएका छन्। भाषा परीक्षामा ५३ जना सहभागीमध्ये ४२ जना उत्तीर्ण भएका छन् ।

कम्बोडियाबाट जापानीज भाषा परीक्षामा १ सय १० जना सहभागीमध्ये ६ जना उत्तीर्ण भएका छन् । भाषा परीक्षामा १ सय १४ सहभागीमध्ये ४ जना उत्तीर्ण भएका छन् । इन्डोनेसियाबाट भाषा परीक्षामा सहभागी भएका ४६ जना परीक्षार्थीमध्ये १७ जना उत्तीर्ण भएका छन् । सीप परीक्षामा सहभागी ४६ मध्ये २७ जना उत्तीर्ण भएका छन् ।

 


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट