निमा घर्तीमगरले जितिन लगातार उसुमा स्वर्ण

मंसिर १९, २०७६

काठमाडौं – नेपालकी निमा घर्तीमगरले १३औं दक्षिण एसियाली खेलकुद (साग) को उसुमा बिहीबार स्वर्ण जितेकी छन् । निमाले थाउलो अन्तर्गत नान्दौमा स्वर्ण पदक जितेकी हुन् ।

निमाको सागमा लगातार दोस्रो स्वर्ण हो । यसअघि भारतमा भएको १२ औँ सागमा पनि निमाले स्वर्ण जितेकी थिइन् । लगनखेलस्थित आर्मी कभर्ड हलमा बिहीबार निमाले बङ्गलादेशकी मोर्जिना अख्तरलाई हराईन् । निमाले १८.१९ स्कोर गरिन् । अख्तरले १६.३ अंक नाइन् ।

श्रीलंकाकी सञ्जु कुमारीले १४.७९ अंक जोड्दै तेस्रो भइन् । यससँगै नेपालको स्वर्ण ३० पुगेको छ ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको