शुक्रबार र शनिबार कलंकी–कोटेश्वर–जगातीसम्मको मुख्य सडकमा ५ घन्टा सवारी निषेध

मंसिर १९, २०७६

काठमाडौँ — ट्राफिक प्रहरीले कलंकी–कोटेश्वर–जगातीसम्मको मुख्य लेनमा शुक्रबार र शनिबार पाँच घन्टा सवारीसाधन सञ्चालनमा रोक लगाउने भएको छ । १३औं दक्षिण एसियाली खेलकुदमा दुई दिन उक्त सडक खण्डमा साइक्लिङ हुँदै छ ।

साइक्लिङकालागि मुख्य लेनमा सवारी चलाउन रोक लगाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीम ढकालले बताए । मुख्य लेनको दायाँबायाँको सर्भिस लेनमा भने सवारी चलाउन सकिनेछ ।

एसएसपी ढकालका अनुसार बिहान ११ देखि ४ बजेसम्म उक्त सडकखण्डको मुख्य लेनमा सवारी चलाउन पाइनेछैन ।

कोटेश्वरबाट जगातीतर्फ जाने सम्पूर्ण सवारीसाधन जडीबुटी चोकबाट पेप्सीकोला हुँदै पुरानो ठिमी, ब्यासी, कमलविनायक, च्याम्हासिंह हुँदै जानुपर्ने ट्राफिक प्रहरीले सूचित गरेको छ ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको