मनमोहन पाण्डेयले ११ वर्षदेखि किन पाएनन न्याय ?(हेर्नुहोस भिडियोसहित)

चक्र प्रसाद पोख्रेल मंसिर २०, २०७६


काठमाडौं – लामो कपाल, लामो दारी भएका साधुजस्ता देखिने एक मानिस खुल्ला सञ्चार कार्यालय आए र आफु अन्यायमा परेको भन्दै न्यायको लागि आवाज उठाईदिन आग्रह गरे । मनमोहन पाण्डे नाम गरेका ती मानिस भारतीय नागरीक रहेछन् तर नेपाली भाषा राम्रैसँग बोल्न सक्ने रहेछन् । ३८ वर्षदेखि नेपालमा बसोबास गर्दै आएका पाण्डेय हाल अगरबत्तीको व्यवसाय गर्दै आएका छन् ।
उनले आफु न्यायको लागि ११ वर्षदेखि दौडिरहेको बताए । न्यायका लागि उनी कहाँ मात्र गएनन् । प्रहरीदेखि मन्त्रालय, मिडियादेखि राजदूतावास सबैतिर धाइसकेका छन् । तर कसैले आफूलाई सहयोग नगरेको उनको गुनासो छ । भारतको दरभंगा स्थायी घर भएका मनमोहनले नेपालमा धुप अगरबत्तीको व्यापार थालेको २८ वर्ष नाघिसकेको छ । नेपालकै ठूला व्यापारीसँग थोकमा अगरबत्ती लिनु र घुमेर खुद्रा व्यापार गर्नु उनको दिनचर्या हो । सुरुसुरुमा त उनले एक्लै यो पेसा गरे । काठमाडौंको नरदेवी र बांगेमुढा उनको व्यापारिक क्षेत्र थियो । उनी दिनभर घुमेरै पसल पसलमा अगरवती पु¥याइदिन्थे । उनले आफ्नो कहानी बताउँदै गए ।

विस्तारै उनको व्यवसाय बढ्न थाल्यो, आफ्नो जीवनको स्थायित्व दिनको लागी वाङगेमुढामा एउटा पसल थापेका थिए, जसको रेखदेखको लागी शुनिता त्रिपाठीलाई कर्मचारिको रुपमा राखे तर सुनिताको गतिविधि राम्रो नभएको हँुदा उनलाई सम्झाउदा उल्टै गुन्डाह्रु लगाएर धाक धम्की दिन लगाइन र पछी
मनमोहनले पसलको हिसावकिताब गर्न शुनितालाई बोलाए तर उनी आइनन कुरा हो वि.सं.२०६५ साल तिहारपछी सुनिताले हिसाब गर्नु छ भनेर मनमोहनलाई फोन गरी असनमा बोलाइन तर त्याहा ५÷७ जना केटाहरु थिए र पछि मनमोहनकै कोठामा गएर उनलाई समातेर हिसाबकिताव भएको कपि च्यातेर भएको पैसा समेत लुटेर लगे ।

यो घटना भएको केहिसमयपछी मनमोहन डरले चक्रपथमा बसाइसरे तर त्याहा पनि पुनः चक्रपथ बस्छन भन्ने थाहा पाएर उतै गइ चक्रपथस्थीत बाटोमै २५÷३० जनाको समुह हामी माओवादी हुँ भन्दै लुटपाट गरे । उनी फेरी चक्रपथबाट बसाईसरेर नरदेवी गए । नरदेवी सरिसकेपछी हनुमानढोका अपराध अनुसन्धानको प्रहरी र जनसेवा पटक पटक मनमोहनलाई अफिसमा लिएर डरधम्की दिने गर्दथ्ये । केहि चिनेका व्याक्तीबाट उनलाई तत्कालिन विषालबजार स्ति जनसेवा प्रमुख अवधेस विष्टलाई उजुरी दिए तर २ महिना सम्म कुनै जवाफ आएन ।त्यसपछी मनमोहनले गृह मन्त्रालयका चार चार जना सचिवहरुलाई समेत भेटेर साथै उनले राष्टिय मानव अधिकार आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग ,भारतिय राजदुतावास लगायत विभिन्न संघसस्थामा गएर विशिष्ठ पदाधिकारीहरुलाइ आफैले भेटेर आफ्नो समस्याको बारेमा जानकारी गराउदा समेत कसैले केहि सिन्को भाचेनन । अफिसमा मनमोहनले केहि प्रश्न गर्दा पावरको कुरा गर्नतिर लाग्दथ्ये कर्मचारिहरु भने कोहि कोहि हाकिमहरु आश्वासन र चिठीलेखेर दिने बाहेक केहि काम गरेनन । उनी भन्छन लगभग १२ वर्षदेखी सम्बन्धीत पुलिस प्रशासन गृह,अख्तियार ,मानवअधिकार,भारतिय राजदुतावास लगायत विभिन्न संघसस्थामा पुग्दा समेत केहि उचित जवाफ पाएको छैन आँखिर किन यस्तो भइरहेको छ ? मलाई सार्वजनिक रुपमा सम्बन्धीत अधिकारीबाट यसको जवाफ चाहिन्छ । जसको लागी म दुइपक्षको नार्कोटेष्ट गराउनलाई तयार छु । साथै म कसैको लज्जीत हुन चाहदैन मात्र मलाई उच्चीत न्याय ,सुरक्षा र क्षतिपुर्ती चाहिन्छ । मलाई अहिले पनि न्याय माग्नलाई विभिन्न प्रकारका लफङगाहरु लगाएर दुख दिइरहेकाछन आखिर किन हुन्छ यस्तो म माथि । म नेपालका उच्च व्याक्तीहरुलाई विन्ती गर्न चाहन्छुकी मलाई जसरी हुन्छ न्याय चाहिन्छ ।म यो देश ,समाज, वुद्धिजीवी व्याक्ती र देशको विधि व्यवस्थालाई सम्मान गर्दछु ।तर म प्रश्न पनि गर्छु के नेपालको सभ्यता,संस्कृति र पहिचान एक विदेशी नागरिक विच यस्तै हो त ?
पाण्डेयले २०६५ साल जेठ २७ गते महानगरीय प्रहरी परिसरमा आफूलाई धम्की आएका २३ वटा फोन नम्बर उल्लेख गरेर कारबाही गर्न माग गर्दै निवेदन दिएका थिए । त्यसको केही सुनुवाइ भएन ।
२०६८ सालमा प्रहरीको टोली सादा पोषाकमा चिरपरिचित नम्बरबाट बोलाए बागबजारमा अपहरणको शैलिमा समातेर उनलाई हतकडी लगाएर लग्यो । त्यसपछि उनलाई २४ दिन थुनामा राख्यो । २४ दिनपछी उनलाई ३ हजार रुपैया धरौटी बुझाउन भन्यो तर उनीसंग पैसा नभएकोहुदा धरौटी बुझाउन नसक्ता २ दिन सुन्धारास्थीत कारागार चलान गर्यो र कारागार चलान भएको तेश्रो दिनमा मनमोहनका घरपटीले धरौटी तिरेर उनलाइ निकाले । पछी फेरी २०७३ सालमा छलफल साप्ताहिक पत्रिकामा उनको बारेमा समाचार छापिएपछी फेरी कमलपोखरी प्रहरीले उनलाई एकदिन कमलपोखरीमा राख्यो ।तर उनले मलाई किन पक्राउ गरेको भनेर प्रश्न गर्दा समेत उल्टै धाक धम्की दिने गरेको उनी बताउछन र भन्छन अहिलेसम्म मलाई पक्राउ पुर्जी र थुना पुर्जी समेत दिएको छैन ।यो जानकारी उनले हिरासतको भित्तामा लेखेर राखेको पढेर थाहापाएको बताउछन आखिर यस्तो गर्नुको कारण के हो जानकारी पुलिस प्रशासनले दिएको छैन र अहिलेपनि विभिन्न खालका निम्नस्तरका गुण्डाहरु र घरपटी लगायत विभिन्न व्यक्तीहरुबाट आफुमाधि मानसिक तनाव भइरहेको उनी बताउँछन् ।
‘अन्तिम पटक २०७० सालमा मानवअधिकार संगठनमा निवेदन दिएको छु’, उनले भने, ‘गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, जिल्ला प्रशासन कार्यालय धाइरहेकै छु ।राजदुतावास तथा मन्त्रालयको चिठी लिएर ६ जना एस.एस.पिलाइृ भेटे तर न्याय पाएको छैन ।तर उनी भन्दछन एसएसपी सुबोध घिमिरेलाई भेटेपछी केहि पुलिसलाइृ बाटोमा पठाएर मोबाइलमा भएका महत्वपूर्ण व्याक्तीहरुको नम्बर डिलिट गरे भने डायरी समेत च्याते र उनलाई सबैबाट सम्पर्क विहिन बनाइयो ।
पाण्डेयको एउटै माग छ– आफूले जसरी पनि सम्मान जनक उचीत न्यय पाउनुपर्छ । यदि आफूले कुनै गल्ती गरेको भए सजाय भोग्न तयार छु । अन्तीममा मेरो एउटै प्रश्न छ ‘११ वर्षसम्म पनि मैले न्यायको अनुभूत गर्न नपाउनुको कारण के हो ?आसा छ नेपाल सरकारले मलाई उचीत न्याय दिनेछ ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको