सुलक्षण कीर्ति क्याम्पसको औपचारिक उदघाटन सम्पन्न…..
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
काठमाडौँ – बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको सत्तारुढ कन्जरभेटिभ्स पार्टीले बेलायती संसदको आगामी निर्वाचनमा बहुमत ल्याउने चुनावी मतसर्वेक्षणले देखाएको छ ।
पछिल्लो मत सर्वेक्षण अनुसार लेबर पार्टीभन्दा कन्जरभेटिभ पार्टी ११ अंकले अघि रहेको देखिन्छ । मत सर्वेक्षणले कन्जरभेटिभको पक्षमा ४४ प्रतिशत, लेबर पार्टीको पक्षमा ३३, लिबरल डेमोक्रेटको पक्षमा ११ प्रतिशत समर्थन देखाउँछ । प्रधानमन्त्री जोनसोनले बेलायतमा बिहीबार हुने संसदीय निर्वाचनलाई लक्षित गरी चुनावी अभियान समेत तीव्र पारेका छन् । पहिलो पटक जोनसनकी प्रेमिका (गर्ल फ्रेन्ड) क्यारी साइमण्ड समेत उनको चुनावी अभियानमा सँगै सहभागी भएकी छन् ।
जोनसन र उनकी प्रेमिका क्यारीले लण्डनस्थित एक हिन्दू मन्दिरको दर्शन गरेका छन् । मन्दिरमा उनीहरुले भगवानको पूजा गरेको र अन्य दर्शनार्थीसँग तस्बिर खिचेका थिए । मन्दिरको दर्शन गर्न पुगेका जोनसन र क्यारी निकै खुसी देखिन्थे । यता हिन्दू मन्दिरमा साइमण्डले सारी लगाएर प्रवेश गरेकी थिइन् । उनी सारीमा ‘टिपिकल हिन्दू’ महिला देखिन्थिन् ।
यसअघि २ पटक विहे गरिसकेका जोनसन पछिल्लो समय क्यारी साइमण्डसँग बस्दै आएको बताइन्छ । विपक्षीहरुले क्यारीसँगको सम्बन्धलाई लिएर बेलाबेला जोनसनको आलोचना समेत गर्दै आइरहेका छन् । जोनसनले क्यारीसँगको आफ्नो सम्बन्धबारे प्रस्ट पार्नु पर्ने उनका आलोचकको माग छ ।
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
यो नारी दिवस हटाइयोस … ….. साच्चै नै यो नारी दिवश हटाउनै पर्छ …किनकी … तमाम
नेकपा एमाले कर्णाली प्रदेश सम्पर्क कमिटी अन्तर्गत विभिन्न जिल्लाहरुमा जिल्ला सम्पर्क मञ्चका अधिवेशनहरु आज सम्पन्न भएका