पैतला फुट्ने समस्या छ ? अब घरमै गर्नुस् उपचार

मंसिर २२, २०७६

 काठमाडौँ – चिसोको समयमा अनुहार, ओठ र हातखुट्टा फुस्रो समस्या हुन्छ । जसका कारण छाला फुट्ने गर्छ । चिसोको समयमा हातखुट्टा र अनुहारको छाला मात्र होइन धेरैलाई कुर्कुच्च तथा पैतला फुट्ने समस्याले पनि सताउँछ ।

कुर्कुच्चा फुट्दा दुख्ने गर्छ । कुर्कुच्चा फुट्दा मानिसको सौन्दर्यतामा पनि ह्रास आउँछ । शरीरका क्याल्सियमको कमी भएमा पैताल तथा कुर्कुच्चा फुट्न थाल्छ । चिसोे फुट्ने पैतला तथा कुर्कुच्चालाई घरेलु उपायबाट पनि समस्या समाधान गर्न सकिन्छ ।

पैताले फुटेमा घरमै यसको उपचार र स्याहार गर्न सकिन्छ । सबैभन्दा पहिला खुट्टालाई मनतातो पानीले राम्रोसँग धुनुपर्छ । त्यसपछि तातोपानीले धोएको खुटलाई राम्रोसँग सफा तौलियाले ओसिलो बनाउनु पर्छ ।

त्यसपछि गुलाबजल, कागतीको रस र गिल्सरिन एउटा भाडामा राखेर मिसाउँने वा घोल्नुहोस् । सो मिश्रणलाई राति सुत्नुअघि पैताला तथा खुट्टामा लगाउनुहोस् । सो मिश्रण लगाइसकेपछि खुट्टामा मोजा लगाएर सुत्नुहोस् ।

भोलिपल्ट उठेपछि फेरि मनतातो पानीले खुट्टा पखाल्नुहोस् । यो प्रक्रिया दैनिक निरन्तर गरिरहँदा कुर्कुच्चा तथा पैतला फुट्ने समस्या समाधान हुन्छ ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको