निर्बाचन आचार संहिता पालना गर्न नियोकको कडा निर्देशन

केशवराज भट्ट २ वर्ष अगाडि

काठमाडौ –राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)ले विभिन्न राजनीतिक पार्टीहरुले विभिन्न तहको चुनावमा भागलिदा निर्वाचन आचार
संहिता पालना नगरेकोमा कडा बिरोध जनाएको छ ।कतिपय उम्मेदवारले जसरी पनि चुनावजित्ने बहानामा स्रोत( साधन र सत्ताको दुरुपयोग र मतदाता किनबेच गर्ने जस्ता क्रियाकलाप बढाउन थालेकाले यस्तो प्रवृत्ति निरुत्साह गर्न सरकार र ठुला राजनीतिक पार्टीहरुलाइ मानबाधिकारबादीहरुले खबरदारी गरेका छ्न ।उनीहरुले नाजायज खुराफाती गर्ने उमेदवार विरुद्ध सचेत रहन पनि मतदातालाई अपील गरेका छन । नियोकले यही मंसिर १४ गते सम्पन्न उप निर्वाचनको पर्यवेक्षण प्रतिबेदन सार्बजनिक गर्ने सिलसिलामा एक बिज्ञप्ति मार्फत आफ्नो धारण प्रस्तुत गरेको हो ।पत्रकार सम्मेलनमा महासचिव डा.गोपालकृष्ण सिवाकोटीले आर्थिक आचारसंहिता उल्लंघन गर्ने उमेदवारको निम्ति देशमा दण्डनीय कानुन हुनुपर्ने कुरामा जोड दिए। पुर्ब निर्वाचन आयुक्त अयोधी प्रसाद यादवले निर्वाचन विभिन्न दृष्टिकोणले खर्चिलो हुदै
गएकोले यसको बिस्वस्नियता बढाउन राजनीतिक पार्टीहरुलाइ आग्रह गरे ।नियोकको पर्यवेक्षण प्रतिबेदनमा कास्की लगायत मतदान केन्द्रमा बम बिस्फोटभएको , केही स्थानको परिचय पत्रमा त्रुटि रहेकोे तथा मतदानमा प्रयोग गरिएको मसी गुणस्तरहिन भएको कुरा उल्लेख गरिएको छ ।निर्वाचनमा खटिएका कर्मचारीको उचित ब्यबस्थापन नभएको र उम्मेदवारले अनियंत्रित ढंगले चुनावी खर्च गरेको टिप्पणीसमेत प्रतिवेदमा उल्लेख गरिएको छ । तथापि उप निबाचन शान्तिपूर्ण र धाधलीरहित तरिकाले सम्पन्न भएको नियोगले जनाएको छ ।प्रेस सम्मेलनमा बक्तब्य दिदै नियोगका वरिष्ठ पदाधिकारीहरु प्रा. कपिल श्रेष्ठ ,भवानी प्रसाद खरेल र शोभाकर बुढाथोकीले निर्बाचन आचारसंहिता र स्वस्थ
निर्वाचन प्रणालीका मुल्यमान्यताको कदर गर्न राजनीतिक पार्टीहरु लाई आग्रह गरे । हालै सम्पन्न ५२ पदको उपनिर्बाचनमा नेकपाले ३०, नेकाले १३, समाजबादीले ५ ,राजपाले ३ र स्वतन्त्रले१ पदमा बिजय हासिल गरेको थियो ।उक्त निर्वाचनको स्वतन्त्र पर्यवेक्षण गरी नियोकले हालै एक पत्रकार सम्मेलन मार्फत आफ्नो धारणा सार्वजनिक गरेको हो ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट