घट्यो विदेशी मुद्राको विनिमयदर

२ वर्ष अगाडि

काठमाडौं – आज (बुधबार) पनि नेपाली रुपैयाँसँग अधिकांश विदेशी मुद्राको विनिमयदर घटेको छ । मङ्गलबार २५ पैसाले घटेको अमेरिकी डलरको खरिददर र बिक्रीदर फेरि १८ पैसाले घटेको छ । हिजो ११ पैसाले घटेको युरो एकको खरिददर र बिक्रीदर दुवै नौ पैसाले छ ।

हिजो बेलायती पाउण्ड स्ट्रलिङ एकको खरिददर र बिक्रीदर तीन पैसाले घटेकोमा आज सात पैसाले घटेको छ । आज एक सिङ्गापुर डलरको खरिददर १४ पैसा र  बिक्रीदर १५ पैसाले घटेको छ।   साउदी रियाल एकको खरिददर र बिक्रीदर पाँच पैसाले, कतारी रियालको खरिददर छ पैसा र बिक्रीदर पाँच पैसाले तथा यूएई दिर्हाम एकको खरिददर र बिक्रीदर दुवै पाँच पैसाले घटेको छ ।

आज मलेसियन रिंगिटको खरिददर छ र बिक्रीदर सात पैसाका दरले घटेको छ ।   कुवेती दिनार एकको खरिददर र बिक्रीदर दुवै ५६ पैसाले घटेको छ। बहराइन दिनार एकको खरिददर र बिक्रीदर पनि ५० पैसाका दरले घटेका छ । बाणिज्य बैंकहरूले तोकेको खुला बजार विनिमयदर भने फरक हुन सक्ने केन्द्रीय बैंकले जनाएको छ।

 


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट