भारतिय क्रिकेटर कृष्णप्पा गौतमले गरे स्कुटरमा विवाह

मंसिर २५, २०७६

काठमाडौँ – भारतीय क्रिकेटर मनिष पाण्डेले अभिनेत्री आश्रिता शेट्टीसँग वैवाहिक बन्धनमा बाँधिएको चार दिनपछि उनका कर्नाटकका साथी क्रिकेटर कृष्णप्पा गौतमले पनि विवाह गरेका छन् ।

उनले अर्चनासँग विवाह गरेपछि उनको घरफिर्तीको तरिकालाई लिएर चर्चा गर्न थालिएको हो। गौतमले अर्चनासँग विवाह गरेपछि उनी स्कुटरमा घर फर्किए । गौतम अर्चनाले चलाएको स्कुटीको पछाडी बसेर घर फर्किरहेको तस्बिर विभिन्न सञ्जाल र भारतीय मिडियामा छाएको छ । गौतम र अर्चना लामो समयदेखि डेट गरिरहेका थिए । दुवै परिवारलाई यसबारे जानकारी थियो । परिवारका सदस्यहरु, नातेदार, साथीसंगी सबैको उपस्थितिमा उनीहरुले सात फेरा लिएर विवाह गरेका हुन् ।

दक्षिण भारतीय सँस्कारअनुसार, उनीहरुले विवाह गरेर परिवारका सदस्यहरुसँग गौतम र अर्चनाले सेल्फी लिएका थिए । गौतम र अर्चना दुवैले आ–आफ्नो सामाजिक सञ्जालमा विवाहको फोटो शेयर पनि गरेका छन् । गौतम र अर्चना स्कुटीमा चढेर घर फर्किरहेको फोटोको चर्चा भइरहेको छ।

तस्बिरमा अर्चना स्कुटी चलाईरहेकी छन् भने गौतम उनको पछाडि बसेर मुस्कुराईरहेका देखिन्छन् । गौतमले फोटोअपलोड गर्दै लेखेका छन्– ‘तपाईँहरु सबैलाई हाम्रो नयाँ यात्राको साँक्षी बनेकोमा धन्यवाद ।

 


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको