नेकपा अध्यक्ष पुष्पकमल दाहालको जन्मदिनमा दिए शुभेच्छुकले शुभकामना

मंसिर २६, २०७६

काठमाडौं –  नेपाल कम्युनिष्ट पार्टी(नेकपा) अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले ६५ औं जन्मदिन मनाइरहँदा नेता तथा शुभेच्छुकहरुले शुभकामना दिइरहेका छन् ।

कतिपय नेताहरुले उनलाई ब्यग्यात्मक तरिकाले शुभकामना दिएका छन् भने कतिले प्रशंसा गरेका छन् ।

समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले जनयुद्धकालका सहयोद्धा हाल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जनयुद्धकालको स्मरण गराउँदै सांकेतिक रूपमा जन्मदिनको शुभकामना दिएका छन् ।

मन्त्री विना मगरले पनि प्रशंसाका शब्द खर्च गरेर शुभकामना दिएकी छन् ।

राष्ट्रिय सभा सांसद कोमल ओलीले प्रचण्डको गुनगानमा शब्द खर्चिएकी छन् । उनले लेखेकी छन्, “इतिहासमा धेरै जन्मन्छन तर इतिहासलाई जन्म दिने मानिस विरलै जन्मन्छन्। तपाईं इतिहास जन्माउने प्रयत्नमा हुनुहुन्छ । यसमा सफलता मिलोस् र नेपाली मात्रले सुख र चयनसंग जीवन यापन गर्न पाउन् । जन्मदिनको हार्दिक शुभकामना ।

अध्यक्ष प्रचण्डको जन्म वि. सं. २०११ मंसिर २६ गते कास्की जिल्लाको ढिकुरपोखरी–२ लेवाडेमा भएको हो । पिता मुक्तिराम र माता भवानीका जेठो छोराका रुपमा जन्मिएका हुन । कक्षा १० माअध्ययनरत हुँदा छविलाल दाहाल नाम परिवर्तन गरी पुष्पकमल दाहाल नामाकरण गरेका प्रचण्डको वि.सं. २०३८ देखि २०६३ सम्म भूमिगत अवस्थामा रहँदा कल्याण, विश्वास, निर्माण र प्रचण्ड नाम रहेको थियो । हाल उनी आफू पुष्पकमल भन्दा प्रचण्ड भन्न रुचाउँछन् ।

 


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको