‘म यस्तो गीत गाउँछु २’ को तिम्रो घरको वरिपरि गीत ट्रेन्डिङमा

मंसिर ३०, २०७६

काठमाडौं – सुदर्शन थापा निर्देशित फिल्म ‘म यस्तो गीत गाउँछु २’ को पहिलो गीत ‘तिम्रो घरको वरिपरि’ नेपालमा युट्युबको ट्रेन्डिङ नम्बर १ मा परेको छ ।

अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको यो गीतलाई दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन् । गीतमा सोनम तोप्देन र अस्मिता अधिकारीको स्वर सुन्न सकिन्छ । पूजा शर्मा र सुदर्शन थापाले निर्माण गरेको यो फिल्ममा पूजा शर्मा र पल शाहको जोडी देख्न सकिन्छ । सार्वजनिक गीतमा पनि पूजा र पललाई नै फिचरिङ गरिएको छ ।

हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, गणेश गिरी लगायतका कलाकारको समेत अभिनय रहेको यो फिल्म रिलिजअघि चर्चामा छ ।म यस्तो गीत गाउँछु’ को सफलतापछि सुदर्शन थापाले पुनः पल र पूजालाई लिड रोलमा लिएर फिल्म बनाएका हुन् ।यो फिल्म फागुन २३ गतेदेखि नेपालभर प्रदर्शन हुँदैछ ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको