अब करारमा शिक्षक नियुक्त गर्न पाउने स्थानीय तहले

पुस १, २०७६

काठमाडौं –  शिक्षा, विज्ञान प्रविधि मन्त्रालयले पुलमा दरबन्दी नभएका तहका रिक्त शिक्षक दरबन्दीमा जिल्लाभित्र सरुवा वा शिक्षा नियमावली (संशोधन सहित) २०५९ को नियम ९७ बमोजिम करारमा शिक्षक नियुक्त गर्न पाउने जानकारी मंगलबार सूचनामार्फत दिएको हो ।

‘स्थानीय तहगत दरबन्दी शिक्षा, विज्ञान प्रविधि मन्त्रालयको मिति २०७६ मंसिर २५ गतेको निर्णय अनुसार सार्वजनिक भइसकेकाले उक्त विवरण अनुसार पुलमा दरबन्दी नभएका तहका रिक्त शिक्षक दरबन्दीमा जिल्लाभित्र सरुवा वा शिक्षा नियमावली (संशोधनसहित) २०५९ को नियम ९७ बमोजिम करामा शिक्षक नियुक्ती गरी पदपूर्ति गर्न फुकुवा गरिएको व्यहोरा जानकारी गराइन्छ,’ सूचनामा भनिएको छ ।  शिक्षा मन्त्रालयले २०७६ कात्तिक २४ गते शिक्षकहरुको अस्थायी नियुक्ति तथा पदस्थापना र दरबन्दी मिलानको कार्य सम्पन्‍न नभएसम्मका लागि शिक्षकहरुको सरुवा तथा करारमा शिक्षक नियुक्ति गर्न कार्य नगर्न सूचना जारी गरेको थियो ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको