सुलक्षण कीर्ति क्याम्पसको औपचारिक उदघाटन सम्पन्न…..
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
काठमाडौं – ‘टुडेज उमन मिसेस नेपाल यूके’ बिनु लामिछाने यतिबेला काठमाडौंमा छिन् । डिसेम्बर २२ देखि ३० सम्म चीनको गन्जाओमा आयोजना हुने ‘४७औं मिसेस युनिभर्स २०१९’ मा बिनु लामिछानेले नेपालको प्रतिनिधित्व गर्दै भाग लिने भएकी छन् ।
लामो समयदेखि बेलायत बस्दै आएकी बिनुले मिसेस नेपाल यूके २०१८ को विजेता बनेपछि मिसेस युनिभर्समा सहभागी हुने मौका पाएकी हुन् । मिसेस नेपाल युनिभर्स २०१८ की विजेता एवम् लन्डन फेसन हाउसकी अध्यक्ष मनीषा डंगोल श्रेष्ठले मिसेस नेपाल यूकेको आयोजना गर्दै आएकी छन् । नेपाल र विदेशमा रहेका सम्पूर्ण नेपालीको तर्फबाट यस पटक बिनुले चीनमा सबैको प्रतिनिधित्व गर्ने मिसेस युनिभर्सकी नेसनल निर्देशक मनीषाले बताइन् ।
बेलायतमा डेन्टल सर्जरी प्राक्टिस म्यानेजरका रूपमा कार्यरत बिनु नेप्लिज नर्सिङ एसोसिएसन यूकेकी कोषाध्यक्ष पनि हुन् । लामो समयदेखि बेलायतमा विभिन्न संघसंस्थासँग जोडिएर सामाजिक सेवा गर्दै आएकी बिनुले नेपाल बाहिर रहेका नेपाली र नेपालको प्रतिनिधित्व गर्दै यस पटक मिसेस युनिभर्समा जान पाउँदा खुसी लागेको बताइन् । उनले यस पटक मिसेस युनिभर्स २०१९ मा ९० देशका प्रतियोगी महिलाबीच नेपाल, नेपाली र आफ्नो देशको भाषा, कला संस्कृतिलाई चिनाउने बताएकी छन् ।
मिसेस युनिभर्सको चयन आगामी ३० डिसेम्बरमा गन्जाओमा हुनेछ ।
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
यो नारी दिवस हटाइयोस … ….. साच्चै नै यो नारी दिवश हटाउनै पर्छ …किनकी … तमाम
नेकपा एमाले कर्णाली प्रदेश सम्पर्क कमिटी अन्तर्गत विभिन्न जिल्लाहरुमा जिल्ला सम्पर्क मञ्चका अधिवेशनहरु आज सम्पन्न भएका