सुलक्षण कीर्ति क्याम्पसको औपचारिक उदघाटन सम्पन्न…..
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
एजेन्सी : संसारका लगभग सबैजसो देशमा रहनसहन, खानपिन र दैनिक व्यवहार एक अर्काभन्दा निकै फरक हुन्छन् । भिन्न हुँदाहुँदै पनि लगभग संसारका सबैजसो मानिसहरुलाई गाँस, बास कपासको आवश्यक परेकै हुन्छ । तर एउटा यस्तो देश छ जहाँका मानिसलाई गाँस र बासको आवश्यक त पर्छ तर कपास चाहिँदैन । अर्थात् यहाँका मानिसहरुले लुगा लगाउँदैनन् । थाहा पाउनुस् यसको के कारण हुनसक्छ ।
ब्रिटेनको हर्टफोर्डशायरको ब्रिकेटवुडमा ‘स्पिलप्लाट्ज’ नामक एउटा यस्तो गाउँ छ जहाँका मानिसहरु विगत ८५ वर्षदेखि निर्वस्त्र बस्दै आएका छन् । यहाँका प्रत्येक मानिस लुगा लगाउँदैनन् । अझ रोचक कुरा के छ भने, यो गाउँमा पर्यटकहरु पनि छुट्टी मनाउन आउँछन् । आफू बस्ने अवधिभरी यी पर्यटकहरु पनि निर्वस्त्र बस्ने गर्दछन् । यो अवधिमा उनीहरुले यस गाउँको नियम उल्लंघन गर्न भने पाउँदैनन् ।
यहाँ बस्ने मानिसहरु कोही आदिवासी जनजाती होइनन् । यी मानिसहरुको आफ्नै पब छ, स्विमिङ पुल, बंगला र खानपिनको हरेक व्यवस्था छ । यो गाउँको बारेमा निकै थोरै मानिसहरुलाई मात्र थाहा छ ।
यो गाउँलाई सन् १९२९ मा इसुल्ट रिचर्डसनले पत्ता लगाएका थिए । प्रकृतिको निकै नजिक र पूर्ण रुपमा प्राकृतिक तरिकाले बाँच्ने भन्दै उनीहरु निर्वस्त्र बसेको उनीहरु बताउँछन् ।
यद्यपी यहाँका मानिसहरुलाई जाडो महिनामा लुगा लगाउनको स्वतन्त्रता दिइएको छ । जाडो हुँदा कोही मानिसले कपडा लगाउन चाहन्छन् भने उनीहरु निस्फिक्र भएर लुगा लगाउन सक्छन् ।
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
यो नारी दिवस हटाइयोस … ….. साच्चै नै यो नारी दिवश हटाउनै पर्छ …किनकी … तमाम
नेकपा एमाले कर्णाली प्रदेश सम्पर्क कमिटी अन्तर्गत विभिन्न जिल्लाहरुमा जिल्ला सम्पर्क मञ्चका अधिवेशनहरु आज सम्पन्न भएका