टस हारेर ब्याटिङमा पोखरा

पुस ४, २०७६

काठमाडौँ –  दोस्रो संस्करणको पोखरा प्रिमियर लिग पीपीएल टि–२० क्रिकेटमा साविक विजेता पोखरा पल्टनलाई छैठोँ दिनको पहिलोमा खेलमा बुटवल ब्लास्र्टसलाई जित्नै पर्ने दबाब परेको छ ।

जितेर फिल्डिङ रोजेको छ । प्रतियोगितामा ३ खेल खेलिसकेको पोखराले २ खेलमा लगातार हार भोगिसकेको छ ।

उद्घाटन खेलमा ज्ञानेन्द्र मल्ल कप्तानी रहेको काठमाडौँलाई पोखराले ९ विकेटले हराएको थियो । त्यसपछिका चितवन राइनोजसँग ६ विकेट र विराटनगरसँग ४५ रनले लगातार पराजित भएको थियो ।
बुटवलले २ खेल खेल्दा १ खेलमा धनगढीलाई सुपर ओभरमा हराएको थियो । बिहीबारको खेलमा भने चितवनसँग लज्जास्पद ११९ रनले पराजय भोग्नु परेको थियो ।

पोखराले बुटवलसँगको खेलमा जित हासिल गर्न नसके प्लेअफ यात्रा अझै बढी कठिन हुनेछ । बुटवल पनि साविक विजेता पोखरालाई हराएर प्रतियोगितामा दाबेदारी प्रस्तुत गर्ने योजनामा छ । बुटवलका लागि २ खेलमा सोमपाल कामीको कप्तानीमा खेलेपनि आजको पोखरासँगको खेलमा सिद्धान्त लोहनीलाई कप्तानीमा उत्रिएका छन् । सोमपाल वैकल्पिक खेलाडीको रुपमा छन् ।

पोखराको कप्तानी शरद भेषवाकरले नै सम्हालेका छन् ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको