बुधबारदेखि सुनचाँदीको मूल्य स्थिर

२ वर्ष अगाडि

काठमाडौं –   नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार तीन दिनदेखि बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

बुधबार बजारमा छापावाल सुन प्रतितोला ७१ हजार ६ सय र तेजावी सुन प्रतितोला ७१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो भने शुक्रबार पनि सोही मूल्यमा सुनको कारोबार भइरहेको छ ।

त्यसैगरी, चाँदीको मूल्य पनि गत तीन दिनदेखि स्थिर रहेको छ । महासंघका अनुसार बुधबारदेखि चाँदी प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट