आज फेरि सुनको मूल्यमा वृद्धि

पुस ८, २०७६

काठमाडौं –  केही दिनदेखि लगातार सुनको मूल्यमा वृद्धि भएको छ । अघिल्लो साता घटेको सुनचाँदीको मूल्य यो साता बढ्ने क्रममा छ । तोलाको ७० हजारमुनि झरेको सुनको मूल्य फेरि ७२ हजार नाघेको छ ।

मंगलबार सुनचाँदी दुवैको मूल्य बढेको छ । सोमबारको तुलनामा मंगलबार बजारमा सुन ३ सय र चाँदी १५ रुपैयाँले बढेको हो ।

सोमबार ७१ हजार ९ सयमा कारोबार भएको छापावाला सुन मंगलबार ३ सयले बढेर ७२ हजार २ सय मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुन प्रतितोला ७१ हजार ९ सयमा कारोबार भइरहेको छ । चाँदी प्रतितोला ८ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको