श्रीमतीको हत्या अभियोगमा एक जना पक्राउ

पुस १०, २०७६

काठमाडौं– आफ्नै श्रीमतीलाई हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–१५ सहिद मार्ग बस्ने ४३ वर्षीय काजिमान राई छन् । उनले आफ्नी श्रीमती ३६ वर्षीया रमिला राईलाई कुटपिट गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

घरायसी विवादको कारण काजिमानले आफ्नै श्रीमतीलाई कुटपिट गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

कुटपिटबाट गम्भीर घाइते भएकी रमिलाको धरान घोपा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । घटना बारे थपअनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको