एक छोरी एक खाता अभियान शुरु

पुस १०, २०७६

काठमाडौँ – मुगुको एकमात्र छायाँनाथ रारा नगरपालिकाले छोरीलाई शिक्षामा पहुँच पु¥याउन शुरु गरेको ‘एक छोरी एक खाता’ कार्यक्रममा गत आर्थिक वर्षसम्म ३२६ जना छोरी सहभागी भएका छन् ।

नगरपालिकाले आर्थिक अभावमा विद्यालयमा बालिकालाई चाहिने किताब, कापीलगायत आवश्यक पर्ने अन्य स्टेशनरी सामान किन्न र विद्यालय पठाउन सहज होस भनेर आव २०७४/०७५ बाट एक छोरी एक खाता कार्यक्रम शुरु गरेको थियो ।

पहिलो नगरसभाबाट एक छोरी एक खाता सञ्चालन कार्यविधि पारित गर्दै नगर क्षेत्रमा जन्मने छोरीको वित्तीय संस्थामा खाता खोल्ने, सो खातामा नगपालिकाले पाँच वर्षेसम्म नियमित रकम जम्मा गरिदिने र पाँच वर्षपछि विद्यालय भर्ना भएको भर्ना अभिलेख ल्याएमा उक्त खातामा रहेको रकम मासिकरुपमा झिक्न मिल्ने प्रावधानसहितको कार्यविधि पास गरेको थियो ।

नगरक्षेत्रमा छोराभन्दा छोरीको विद्यालय बीचैमा छोड्ने दर बढी देखिएको छ । विद्यालय छाड्नुमा आर्थिक अभावले कापी, कलम, पोशाक, अन्य खर्च गर्न नसक्नु र त्यसको पीडित छोरी हुने गरेकोले कार्यक्रम मार्फत छोरीको शिक्षामा पहुँच पु-याउन नगरपालिकाले यो अभियान शुरु गरेको नगरप्रमुख हरिजंग शाहीले बताएका छन् ।

वडा कार्यालयको सिफारिस र जन्मदर्ताको प्रतिलिपिसहित नगरपालिकाको महिला तथा बालबालिका शाखामा खाता खोल्न छोरीका अभिभावकले छोरी जन्मेको ३५ दिनभित्र सम्पर्क गर्नुपर्छ । वर्षभरिमा जम्मा भएका छोरीको निवेदनलाई नगरसभाले छुटाएको बजेट दामासाहीका दरले भाग गरी सहकारीमा आर्थिक वर्षको अन्तमा खाता खोल्ने गरिएको छ ।

रासस

 


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको