अब सुन्तला खेती गर्नेलाई उब्जनी बरावरको रकम दिने

पुस १०, २०७६

काठमाडौँ – बागलुङ नगरलाई कृषि क्षेत्रमा आत्मनिर्भर बनाउँने उद्देश्यका साथ बागलुङ नगरपालिकाले परम्परागत बाली छाडेर सुन्तला खेती गर्ने कृषकलाई उब्जनी बरावरको रकम प्रदान गरेको छ ।

नगरपालिकाले आलु वर्ष वर्ष परम्परागत बाली त्यागेर सुन्तला खेती गरेका १२ जना किसानलाई नगद रकम हस्तान्तरण गरेको बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले जानकारी दिए । नगरपालिकाले पहिलो पटक बागलुङ नगरपालिका–८ सिगानाका १२ जना किसानलाई सामुहिक रुपमा दुई लाख ६२ हजार रुपैयाँ प्रदान गरेको छ ।

नगर भित्रका जमिनको बर्गीकरण गरी उपयुक्त बाली लगाउन प्रोत्साहन गर्ने उद्देश्यले प्रोत्साहन अभियान संचालन गरेको नगर प्रमुख पौडेलको भनाई छ । परम्परागत खेती त्यागेर फलफूल खेती गर्न इच्छुक किसानहरुलाई पहिलो वर्ष उक्त जग्गामा उत्पादन हुने बाली बापतको रकम नगरपालिकाले दिने नीति अनुसार रकम वितरण गरिएको थियो । नगरपालिकाले जारी गरेको कार्यविधि अनुसार किसानले तीन रोपनी भन्दा बढी जग्गामा फलफूल खेती सुरु गरे प्रति रोपनी चार हजार रुपैयाँको दरले रकम प्रदान गर्नेछ ।

पहाडी भुभाग भएका कारण खाद्यबाली लगाउँदा दुःख बढी हुने र उत्पादन समेत कम हुने भएकाले परम्परागत बाली त्यागेर फलफुल खेती गर्नेलाई प्रोत्साहन गर्ने नगरको अभियान सकरात्मक भएको बा.न.पा. ११ का किसान ओमबहादुर केसीले बताए । उनले १० रोपनी जग्गामा सुन्तला तथा कागती खेती गरिरहेको भन्दै उक्त जग्गामा वर्षभरी दुःख गर्दापनि ४० हजार आम्दानी हुन नसक्ने ठाउँमा सुन्तला खेती गरेर लाखौं आम्दानी गर्न सकिने देखेरै सुन्तला खेती गरेको बताए ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको