सावित्री हत्याकाण्डमा छोरीसहित चारैजनालाई जन्मकैदको फैसला

पुस ११, २०७६

काठमाडौं– भक्तपुरको चाँगुनारायण नगरपालिका–७, बाँसबारीमा बस्दै आएकी ६१ वर्षीया सावित्री भट्टराईको हत्यामा संलग्न उनकै छोरी इश्वरीसहित चारै जनालाई जन्मकैदको फैसला सुनाइएको छ ।

जिल्ला अदालत भक्तपुरका न्यायाधीश डा प्रकाश उप्रेतीको इजलासले पक्राउ परेका सावित्रीकी छोरी इश्वरी, उनका प्रेमी मोहम्मद नौसाद, हत्यामा संलग्न भारतीय नागरिक भोला कुमार र भारतकै मोहम्मद रहिशलाई बिहीबार जन्मकैदको फैसला सुनाएको हो ।

गत असार १५ गते सावित्रीको हत्या भएको थियो । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–५ घर भई भक्तपुरको चाँगुनारायण–७, बाँसबारीस्थित छोरी इश्वरी भट्टराईको घरमा आमा सावित्री बस्दै आएकी थिइन् । सोही बेला आफ्नो प्रेम खुल्ने डरले उनले इश्वरीकै योजनामा आमाको घाँटी रेटर हत्या गरिएको थियो । हत्या भएपछि महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले छोरी इश्वरीले आफ्ना प्रेमी सिरहाको कल्याणपुर नगरपालिका–४ घर भई हाल भक्तपुरको पुरानो ठिमीमा बस्दै आएका २३ वर्षका मोहम्मद नौसादसँग मिलेर हत्या गरिएको भन्दै उनीहरुलाई पक्राउ गरेको थियो ।

इश्वरीले आफ्ना प्रेमी मोहम्मदसँग सल्लाह गरी आमाको हत्या गर्न १२ लाख रुपैयाँको सुपारी दिएकी थिइन् । यसका लागि मोहम्मदले भारतको पूर्वी दिल्लीस्थित दुभौली पञ्चायतको नयाँ अशोकनगरका २४ वर्षीय अर्जुन कुमार भनिने भोला कुमारको सहयोग लिएका थिए। यी दुवैले भारतकै मधुवनी जिल्ला रजौरी थानाका २४ वर्षीय मोहम्मद रहिशलाई हत्या गर्न सुपारी दिएका थिए ।

सावित्रीको असार १५ गते घाँटी रेटेर हत्या गरेको अवस्थामा छोरी इश्वरीको घरमा शव फेला परेको थियो।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको