त्रिवि रजिष्ट्रारमा प्राध्यापक डा.पेशल दाहाल नियुक्त

पुस ११, २०७६

काठमाडौं – त्रिभुवन विश्वविद्यालयको रजिष्ट्रारमा प्राध्यापक डा.पेशल दाहाल नियुक्त भएका छन् । उपकुलपति प्राध्यापक डा. धर्मकान्त बास्कोटाको सिफारिसमा उनलाई कुलपति केपि ओलीले नियुक्त गरेका हुन् । दाहाल यसअघि त्रिवि सेवा आयोगको सदस्य भइसकेका छन् ।

उनी नेपाल कम्युनिस्ट पार्टी निकटका हुन् । रजिष्ट्रारका लागि उपकुलपति बास्कोटाले दाहालसहित त्रिवि व्यवस्थापन सङकायका डिन डिल्लीराज शर्मा तथा त्रिविकै उच्च शिक्षा परियोजनाका पूर्वसंयोजक शंकर भण्डारीको नाम सिफारिस गरेको थिए । त्रिविमा तत्कालित रजिष्ट्रार डिल्लीराज उप्रेतीको चार वर्षे कार्यकाल सकिएपछि उक्त पद रिक्त थियो ।

त्रिविमा कर्मचारी प्रशासनको मुख्य जिम्मेवार व्यक्ति रजिष्ट्रार हुन्छ । रजिट्रारसँगै शिक्षाध्यक्ष सुधा त्रिपाठीको कार्यकाल पनि यही पुष ८ गते नै सकिएको छ । तर नयाँ नियुक्ति भएको छैन । नव नियुक्त दाहालले शुक्रबार ३ बजे पद वहाली गर्ने कार्यक्रम रहेको त्रिविले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको