मलेसिया सरकारले अवैधानिक नेपाली आप्रवासीलाई घर फर्काउने

पुस १३, २०७६

काठमाडौँ – मलेसिया सरकारले गत अगष्ट १ तारिखदेखि शुरु गरेको अवैधानिक आप्रवासीलाई घर फर्काउन ‘व्याक फर गुड’ कार्यक्रम तीन दिन पछि डिसेम्बर ३१ तरिखमा सकिँदैछ ।

मलेसियामा करिब ११ हजार नेपाली कामदार अवैध रुपमा बसेको अनुमान गरेको नेपाली दुतावासले हालसम्म ७ हजारको संख्यामा नेपालीहरु ‘व्याक फर गुड’ कार्यक्रममा सहभागी भई घर फर्काइसकेको बताइएको छ । यसैबीच मलेसियाको क्वालालम्पुरस्थित नेपाली राजदूतावासले नेपाल फिर्ता हुन इच्छुक कागजातविहीन भई मलेसियामा बसेका नेपाली नागरिकहरुलाई नेपाल फिर्ता हुने हवाई टिकट बुझाई आफ्नो नाम दर्ता गर्न अनुरोध गरेको छ ।

एक सूचना जारी गर्दै दूतावासले डिसेम्बर २९ अर्थात पुस १३ गते (आज) सम्म हवाई टिकट बुझाएर नाम दर्ता गराउन अनुरोध गरेको हो । मलेसियामा काम गरिरहेको कम्पनीबाट राम्रो तलव सुविधा पाइने भन्दै भड्काइएका, कतिपय कम्पनीमा खान, बस्न तथा होस्टलको राम्रो सुविधा नभएको कारण कम्पनी छोडेका र कम्पनीले करार अनुसार तलव नदिएका कारण भागेका नेपालीहरु अवैध बनेर बसी रहेको अनुमान छ । व्याक फर गुड’ कार्यक्रम अन्तरगत सात सय रिंगिट करिब २० हजार रुपैयाँ जरिवाना र करिब पाँच हजार शुल्क तिरेपछि अवैधानिक कामदारलाई स्वदेश फर्किन दिइने व्यवस्था गरिएको छ ।

दूतावासले सेवाग्राहीको सुविधालाई ध्यानमा राखेर स्थानीय समय अनुसार बिहान ९ बजेदेखि साँझ ४ बजेसम्म नियमित रुपमा खुला रहने कार्यालयलाई बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म खुला राखेर सञ्चालन गरिरहेको मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले जानकारी दिएका छन् ।

 


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको