भब्यरुपमा खुकुरी सांगीतिक महोत्सव सम्पन्न

२ वर्ष अगाडि

 काठमाडौँ – खुकुरी रमको उत्पादक नेपाल डिस्टिलरीद्वारा प्रायोजित ‘खुकुरी सांगीतिक महोत्सव’ को आयोजना भएको छ । शनिबार दिउँसो २ बजेदेखि राति १० बजेसम्म काठमाडौंस्थित मल्ल होटलमा उक्त महोत्सव आयोजना भएको हो ।

नेपाली युवाहरूलाई खुकुरी रमका विभिन्न स्वादसँगै मन पर्ने संगीतकारहरूको प्रत्यक्ष प्रस्तुति अनुभव दिलाउने उद्देश्यले यस सांगीतिक महोत्सवको आयोजना गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा खुकुरीका विभिन्न पेय पदार्थमध्ये ‘हट रम पन्च’ कक्टेल मुख्य आकर्षण रहेको थियो । पहिलो पटक आयोजना हुन गइरहेको यस महोत्सवमा बिक्की गुरुङ, बर्तिका इयम राई, विपुल क्षेत्री, द एलिमेन्ट्स, भेक, ब्लुज एन्ड स्पार्क, पहेंलो बत्तीमुनि तथा ५ः५५ जस्ता लोकप्रिय कलाकारहरूको सांगीतिक प्रस्तुति थियो भने डिजे फिन्जोक, डिजे बिकी कुल, डिजे बीपीएम, डिजे विधान, डिजे नील, डिजे मनीष र डिजे पलटेनजस्ता चर्चित डिजेहरूले पनि आफ्नो संगीत प्रस्तुत गरेका थिए ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट