छाउपडी प्रथा बार्नेलाई भत्ता रोक्‍का गर्ने

पुस १५, २०७६

काठमाडौँ – सरकारको निर्देशन तथा स्थानीय प्रशासनको पहलमा बसेको छाउपडी प्रथा उन्मूलन समितिको बैठकले जाजरकोटमा छाउ बार्ने परिवारको सामाजिक सुरक्षा भत्ता रोक्‍का गर्ने निर्णय गरेको छ । बैठकमा जिल्लाका स्थानीय तहका प्रमुख, उपप्रमुख र सरोकारवाला निकायका व्यक्ति सहभागी थिए ।  प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जिल्लाका सबै स्थानीय तहमा छाउ बार्नेको पहिचान गरी त्यस्ता क्रियाकलापमा संलग्न हुने व्यक्तिलाई सरकारी सेवा-सुविधाबाट वञ्चित गराइने निर्णय भएको बताए । सोही निर्णयका आधारमा छाउ बार्नेलाई सामाजिक सुरक्षा भत्तालगायत सहुलियत कर्जासमेत रोक्‍का गरिनेछ ।

छाउपडी प्रथाजस्ता विकृति न्यूनीकरण गर्न चेतनामूलक कार्यक्रम सञ्चालन गर्न जिल्लाका स्थानीय सरकारलाई अनुरोध गरिएको प्रजिअ पन्तले बताए । जिल्लाका सात वटै स्थानीय तहमा उपप्रमुख तथा उपाध्यक्ष महिला छन् । तर, छाउपडी प्रथा न्यूनीकरणका लागि आवश्यक भूमिका खेल्न नसकेको स्थानीय बताउँछन् ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको