नेपाली बजारमा सुनको मुल्य अहिले सम्मकै उच्च

पुस १५, २०७६

काठमाडौं  – नेपाली बजारमा आज सुनको मुल्यले नयाँ रेकर्ड राखेको छ । सोमबारको भन्दा आज २ सय रुपैयाँले बढेर सुन प्रतितोला ७३ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । महासङ्घका अनुसार आज छापावाल सुन ७३ हजार ५ सय, तेजावी सुन ७३ हजार २ सय र चाँदी ९०० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ ।

पुस लागे यता सुनको मुल्य तोलामा २ हजार रुपैयाँले वृद्धि भएको छ । यसअघि गत भदौ १८ गते पनि सुनको मुल्य तोलामा ७३ हजार ५ सय पुगेको थियो । त्यसयता घट्दै आएको मुल्य तोलाको ७० हजार सम्म झरेको भएपनि अहिले फेरि उकालो लागेको छ ।

 


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको