२ किलो सुनसहित २ जना भारतीय पक्राउ

२ वर्ष अगाडि

काठमाडौं –  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ किलो सुनसहित २ जना भारतीय पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखा, विमानस्थल प्रहरी र भन्सार कार्यालयको संयुक्त टोलीले उनीहरुको साथबाट सुन बरामद गरेको हो ।

पक्राउ पर्नेमा नविन गोपीचन्द र भरत सुरेशलाल रहेका छन् । यूएईबाट आएका उनीहरुको साथबाट एक/एक किलो सुन बरामद भएको प्रहरीले जनाएको छ ।

उनीहरुले मलद्वारमा लुकाएर ल्याएको अवस्थामा सुन भेटिएको प्रहरीले बताएको छ । उनीहरुले लुकाएको सुन पत्ता लगाउन उनीहरुलाई सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा लगेर एक्सरे गरिएको थियो ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट