अब सिटिजन्स बैकको एटिएममा मास्टरकार्ड चल्ने

२ वर्ष अगाडि

काठमाडौँ  – सिटिजन्स बैकको एटिएममा मास्टरकार्ड चल्ने भएको छ । मास्टरकार्ड सेवाको सुरुवातसँगै अब सिटिजन बैंकको एटिएममा मास्टरकार्ड, मास्ट्रो तथा क्रुस ब्राण्डका कुनै पनि कार्ड चल्ने बैंकले जानकारी दिएको छ ।नेपाल भ्रमण बर्ष २०२० लाई लक्षित गरेर विदेशबाट आउने पर्यटकको लागि यो सुविधा सुरु गरेको बैंकको भनाइ छ ।

बैंकले यस अघि नै भिसा तथा युनियन पेसँग सहकार्य गरी ती ब्राण्डका कार्डमार्फत कारोबार गर्दै आइरहेको थियो । बैंकको अहिलेसम्म देशैभरि ८५ ठाउँबाट एटिएम सुविधा दिँदै आएको छ ।

अब यी सबै एटिएममा मास्टरकार्ड चल्ने छन् ।

 


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट