नेपाल भ्रमण वर्ष २०२० को शुभराम्भ कार्यक्रममा अष्ट्रेलियामा सुरक्षाकर्मीले गरे अवरोध

पुस २२, २०७६

काठमाडौँ –  अष्ट्रेलियाको सिडनीमा नेपाल भ्रमण वर्ष २०२० को शुभराम्भ कार्यक्रममा सुरक्षाकर्मीले अवरोध गरेका छन् । कार्यक्रम शुभराम्भ गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयमन्त्री योगेश भट्टराई अस्ट्रेलिया पुगेका छन्  ।

मन्त्रीसहितको नेपालीहरुले निकालेको -याली निषेधित क्षेत्रतर्फ अघि बढेपछि सुरक्षाकर्मीले अवरोध गरेको बताइएको छ । नेपालीहरुको -याली ओपेरा हाउसतिर अघि बढेको थियो । ओपेरा हाउसका सुरक्षा गार्डले -यालीबारे सोधपुछ गरेको अस्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहालले जानकारी दिए ।

र्‍यालीका लागि अनुमति नलिएको तथा र्‍याली व्यवसायिक लाभका लागि भएको न्यू साउथ वेल्स प्रहरीले बताएको छ । र्‍यालीमा सहभागीहरुको संख्या ठूलो भएको र यसले पैदलयात्रीलाई अवरोध गर्ने भन्दै प्रहरीले ब्यानर विना सीमित सहभागीलाई मात्रै ओपेरा हाउससम्म जान दिएको थियो ।

आयोजकले सिडनी काउन्सिलसँग अनुमति नलिइ र्‍याली निकालेका कारण समस्या भएको अष्ट्रेलियामा बस्ने नेपालीले बताएका छन् ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको