सुलक्षण कीर्ति क्याम्पसको औपचारिक उदघाटन सम्पन्न…..
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
काठमाडौं –नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले नेतृत्व गर्ने भनिएको नयाँ अभियान सुरुमै बिथोलिएको छ । ‘आधारभूत विषयहरुमै मतान्तर उत्पन्न भएको’ भन्दै खरेल आफैं अभियानबाट पछि हटेका छन् ।
खरेलको नेतृत्वमा ‘हाम्रो नेपाल, हामी नेपाली’ अभियानको आज औपचारिक घोषणा हुने कार्यक्रम थियो । तर, फेसबुकमा स्टाटस लेख्दै खरेलले कार्यक्रममा सहभागी नहुने जनाउ दिएका छन् । खरेलले आफूसहित देवेन्द्र सिटौला र राजकुमार यादव पनि कार्यक्रममा सहभागी नहुने भन्दै क्षमायाचना गरेका छन् ।
खरेलले अभियानका साथीहरुसँग आधारभूत कुराहरुमा सहमति हुन नसकेको बताए । उनले भने, ‘केही साथीहरुबाट हामीले सुरुमा गरेको समझदारीभन्दा नयाँ र पृथक कुराहरु आए । त्यसमा हामी सहमत हुन सकेनौं । हाम्रो उहाँहरुलाई शुभकामना छ ।’
के कुरामा को(कोसित असमझदारी भएको भन्नेचाहिँ उनले ‘समय आएपछि’ बताउने उल्लेख गरे ।
‘अहिले यति मात्र भनौं कि ‘हाम्रो नेपाल, हामी नेपाली’ अभियानमा हामी अब छैनौं । देश र समाजको हितका लागि अब के(कसरी अगाडि बढ्न सकिन्छ भन्नेबारे छलफल गर्नेछौं,’ उनले भने ।
यसअघि खरेलले यो अभियानलाई राजनीतिक नभएर सामाजिक अभियानका रुपमा सुरु गर्न लागिएको बताएका थिए । यो अभियानमा ‘भाइरल म्यान’ का रुपमा चिनिएका भ्रष्टाचार विरोधी अभियन्ता बताउने ज्ञानेन्द्र शाही पनि थिए ।
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
यो नारी दिवस हटाइयोस … ….. साच्चै नै यो नारी दिवश हटाउनै पर्छ …किनकी … तमाम
नेकपा एमाले कर्णाली प्रदेश सम्पर्क कमिटी अन्तर्गत विभिन्न जिल्लाहरुमा जिल्ला सम्पर्क मञ्चका अधिवेशनहरु आज सम्पन्न भएका