सुरेन्द्र महर्जन ‘अमर’ ॐ नम: शिवाय गाउँदै पशुपतीमा

पुस ४, २०७७

काठमाडौँ । भगवान भक्ति मान्छेहरूको आस्था हो । भगवानबाट अलग सायद संसारमा कोही पनि छैन । दु:खसुखमा मात्रै हैन हर्ष, उमंग, पर्वहरूका साथ साथै मनमा त्रास अनि चिन्ताबाट मुक्ति पाउन, मनलाई शान्त गर्न भजनले ठुलो मद्दत गरेको हुन्छ ।

सँधै मन्दिरहरूमा, रेडियो, टेलिभिजन लगाएत अन्य माध्यमहरूबाट भजनको श्रवण गर्दा शान्तिको महसुस हुन्छ । मनको शान्ति भगवानप्रतिको लगाव भगवान शिवको भजन साहित्यकार सुरेन्द्र महर्जन”अमर” को रचना/स्वर रहेकोे भजनमा शान्ता कार्की र मुस्कान राईले साथ दिएको ”ॐ नम: शिवाय जप्दै भक्तिको मार्गमा लागौं” भजनको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

कल्पना अर्याल, सुरेन्द्र महर्जन, देशनरेश अधिकारी लगाएतको अभिनय एवं भक्तिभाव सार्वजनिक भिडियोमा रहेको छ । भजन गायनमा सुरेन्द्र महर्जनलाई गायिकाहरू शान्ता कार्की, मुस्कान राई आदिले साथ दिएको छ । संगीतकार राम कार्कीको संगीत अनि ओएसनेपालको प्रस्तुतिमा रोशन कुमारको निर्देशनमा रहेको भजनको म्युजिक भिडियो सुदिप पंगेनीले छाँयाकन गरेको र दिप गुरुङबाट इडिटिङ्ग गरेको थियो । सार्वजनिक भिडियो दर्शन एल्बममा रहेको भजनहरू मध्यको एउटा भजन हो ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको