“यूवाको उद्घोष” गरे के हुँदैन………?

नविन हेजु फाल्गुन १४, २०७७


नुवाकोट –१, त्रिशुलि, अशिक्षा बेरोजकारी र गरिबिको मारमा परेका तमाम नेपाली युवा बर्गलाई राम्रो सन्देश दिन चाहनुहुन्छ नुवकोट, त्रिशुलि बजारका यूवा व्यवसायि नरेन्द्र अमात्य, जसले छोटो समयमा र थोरै लगानी बाट पनि मनग्य आम्दानी गर्न सकिन्छ भन्ने पाठ सिकाउँछ । लकडाउनको समयमा सम्पुर्ण ब्यक्तिहरु हतास र निरास हुँदा पनि त्रिशुलिका ३२ बर्षिय जोशिला यूवा व्यवसायि नरेन्द्र अमात्य त्यसै चुपलागी बस्न सकेनन अनि मनमा फुर्यो । यहि मौका पारेर केही नयाँ गरौं कि भन्ने यसैबिच च्याउ खेती गर्दा कसो होला भन्ने बिचारले आफ्नै घर जग्गामा परिक्षणको लागी भनि थोरै लगानी बाट शुरुवात गरेको च्याउ खेतीले छोटो समय अर्थात छ महिनाको अन्तरालमै सम्पुर्ण त्रिशुलि बजारभरी चर्चा बटुलेको देख्दा दङ्ग छन उनि । बैभव मल्टिएग्रो फार्म एण्ड नर्सरी नामको फम दर्तागरी आफ्नै जग्गामा बनेको त्रिशुलि गंगामाई चलचित्र मन्दिर जुन लामो समय सम्म पनि प्रयोगमा आउन सकेको थिएन त्यसैलाई उपयोगमा ल्याई थालनि गरे नरेन्द्र अमात्यले च्याउ खेती ।

कुनै पनि तालिमनै नलिई यूट्यूव अर्थात भनेको सुनेको भरमा शुरु गरेको च्याउ खेतिले अहिले त्रिशुलि बजार भरि ब्यापक चर्चा बटुल्न थालेको छ । यो च्याउ अन्य च्याउको तुलनामा पनि अत्यन्तै स्वादिलो रहेको कुरा त्यहाँका स्थानिय बासि बताउँछन, स्वयं नरेन्द्र अमात्यले नै कुनै पनि रासायनिक बस्तु प्रयोग नगरि शुद्ध अर्गानिक प्रबिधी बाट उत्पादन गरिएको कारण यस्को स्वाद अरु च्याउ भन्दा मिठो भएको बताउँछन ।
गरे के हुँदैन ? हामी युवा बर्गमा जोश जाँगर भएर पनि आफ्नो गाउँ ठाउँमा यस्ता काम गर्न लाज मान्ने र संकुचित भावनाका कारण समाजलाई अगाडी बढाउन नचाहने युवाबर्गको जमात धेरै भएको र २०–३० हजार कमाउनको लागी २–३ लाख खर्चेर बिदेश पलायन हुने संकिर्ण मानसिकता बोकेका तमाम युवा बर्गलाई गतिलो झापड दिनुभएको छ अमात्यज्यूले । गरे के हुँदैन ? बिदेशमा बगाउने रगत पसिना यदि नेपालमै बगायौं भने हामी, नेपालमै सुन फलाउन सक्छौं भन्ने सन्देश दिन चाहनुहुन्छ ।


पेशाले आफु एक शिक्षक भैकनपनि समाज सेवा र राष्ट्रको लागी केही गर्नुपर्छ भन्ने भावनाले ओत प्रोत नरेन्द्र अमात्य बिभिन्न सामाजिक कृयाकलापमा पनि उत्तिकै सकृय हुनुहुन्छ । त्रिशुलि सामाजिक युवा क्लबका अध्यक्ष समेत रहनु भएको अमात्यको भावि योजना भने कृषि क्षेत्रलाई निरन्तरता दिने र त्रिशुलि बजारमा बिभिन्न फल फुल का बोट बिरुवा र घर तथा गार्डेनको लागी सजावटका बिरुवाहरु उत्पादन तथा बिक्रि बितरण गर्ने लक्ष्य रहेको बताउनु भएको छ साथै नेपाल कृषि प्रधान देश भएकोले कृषि क्षेत्रलाईनै बिशेष महत्व दिने बताउनु भयो ।

लगभग २५ वर्ष अगाडी नरेद्र अमात्य का पिता महेन्द्र अमात्य द्वारा निर्माण गरिएको यस गंगामाई चलचित्र मन्दिरमा केही समय चलचित्र प्रदर्शन भए पनि बिभिन्न कारणले गर्दा हलमा फिल्म चलाउन मापदण्ड पुरानभएको कारण हल सञ्चालनमा आउन सकेको थिएन । आज २५ वर्ष पछाडी त्यही खण्डहर भएको हलमा च्याउखेती गरेर नुवाकोट जिल्लामा चर्चा बटुल्न पाउँदा कतै बाबुको सपना पुरा गर्न पाएको होकी भन्ने आभाश भएको बताउनु हुन्छ नरेन्द्र अमात्य ।


जे होस आजको समयमा कामलाई सानो ठुलो नभनि निरन्तर अगाडी बढन सकेको खण्डमा सफलता हासिल गर्न सम्भव छ भन्ने कुरामा दुई मत छैन । यहि प्रेरणा हामिले वहाँ बाट पाउन सक्छौं । वहाँको उत्तरोत्तर प्रगतिको कामना गर्दै आउँदा दिनहरुमा पनि यस्तै उत्पादन मुलक कार्र्यमा सफता मिलोस भन्ने कामना गरौं ।



सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको