अस्ताएका दोलखाका चम्किला तारा : पशुपति चौंलागाई

भिमप्रसाद दाहाल जेष्ठ ७, २०७८

चारैतिर सन्नाटा छाएको छ । कोइलिको कुहु कुहु, न्याउलीको न्याउ, न्याउ र गौाथलीको चिरविर चिरविर……….. । दृष्यमा देखिन्छ । समाजनै मसानघाटमा परिणत हुदैछ । कोलाहल र चिच्याहट टाढा टाढाको सुनिन्छ । कहिकतै २०७२ सालको भुकम्प जस्तै प्रलयकारी, बिनाशकारी, मानव संहारकारी युगको पादुर्भाव हँने छैन ? रेडियो खोल्छु, टेलिभिजनमा नियाल्छु, फोन डाइल गर्छु एउटै र उस्तै त्रासादीपूर्ण दृष्य र घटना पाउँछु । मेरो मन मष्तिस्कमा प्रश्न उव्जिन्छ, के म चाँहि सुरक्षित छु त ?

नरसंहारको योजना बोकेको कालो बादल अत्यन्तै गतिले भूमण्डलमा मडारी रहेको छ तर मेरो शाशक त्यसलाई वेवास्था गरेर आफ्नै तानाबुना बनिरहेको छ । थाहा छैन कि त्यो मडारी रहेको कालो बादल मेरो मृत्युको कारण बन्छ भनेर । म पनि त कहाँ फरक छु र ङिच्च देखाउने सेता दाँतलाई एउटा सानो लफेटोले छोपेको त होनी । थाहा छैन म र मेरा भन्नेहरुलाई माथीबाट टिकट काटिसकेको छ भनेर ? नि यसरि नै वित्दै थिए ।

रातको ठिक १० बजेको रहेछ, फोनमा टिङ, टिङ घण्टी बज्छ, भावुक भएर, घुक्क–घुक्क गर्दै भन्छ, उ अब रहेन…………………….. अब म अर्ध बेहोस भएछु । अलिअलि थाहा छ, म लडिपल्टि गरेको । यो सुनेर मेरो जिवन संगिनी पनि भाव विह्वल भएको, चिच्याहट गरेको । अलि अलि होस छ, यो झुट झुट ………….. । खै के के भयो धेरै थाहा छैन । रातभरी के के गरियो, कसरी रात बित्यो । विस्तारै उठेर हिड्न खोज्छु, हँ म विपनामा त छु ? शरिर कम्पन भयो, शिर फिरिर हल्लियो, यसो फर्केर हेरेको त एउटा इतिहास तयार भएछ । आँखा मिच्दै पड्न थाले ।

कमरेड पशुपति माक्र्सबादी सिद्धान्त र पार्टी प्रति अत्यन्त निष्ठावान हुनुहुन्थ्यो । अग्रगमन र सम्बृद्धि प्राप्ती हुने कुरामा पूर्णरुपमा विश्वस्त हुनुहुन्थ्यो र जनता प्रति अपार विश्वास राख्नुहुन्थ्यो । वहाँ कष्टपूर्ण क्रान्तीकारी काममा जीवनभरीनै लागिरहने दृष्टिकोण राख्नुहुन्थ्यो । जस्तोसुकै दुख कष्ट र आपत विपतमा पनि लगातार जुधिरहनु हुन्थ्यो र आम जनतासंग घनिष्ट सम्वन्ध कायम गर्न तथा व्यावहार मिलाउन हरबखत प्रयत्नशिल रहनुहुन्थ्यो ।

पार्टी भित्र नयाँ नयाँ जटिलताहरु पैदा भएका छन् । अन्तरसंर्घसका समस्या चुलिएका छन्, पार्टी विभाजनका रेखाहरु कोरीएका छन् । यस्तो जटिल परिस्थितीमा कमरेड तपाँइको अवसान हुनु हाम्रो पार्टीको लागि मात्र नभएर नेपाली कम्युनिष्ट आन्दोलन र आम समाजबादी आन्दोलनको निम्ति ठूलो क्षती भएको छ । मानिसको जन्म पछि मृत्यु हुन्छ यो एउटा अनिवार्य घटना हो तर तपाँइको असामयिक मृत्युले सिङ्गो जनसमुदाय स्तव्ध भएको छ ।

जीवनभरी जनताको मुक्ति कार्यमा लागिरहनु र त्यही कामको दौरानमा आफ्नो जीवनलाई बलिदानी गर्नु अत्यन्त कष्टसाध्य र गौरवपूर्ण कुरा हो । त्यस्ता मृत्युहरु हिमालय पर्वत भन्दा गहकिला हुन्छन्, आज तपाँईले त्यही मृत्युवरण गर्नु भएको छ । पार्टीको कामलाई प्राथमिकतामा राख्ने तपाँइको प्रवृतिनै थियो ।

२०७५ साल जेठ २ गते पार्टी एकिकरण र सो पूर्व झन्डै दुइ तिहाईको सरकार गठन भएको सवाललाई आफ्नो लक्ष्य प्राप्ती मान्नुहुन्थ्यो । पार्टी एकिकरणको ३ वर्षमै तुसारापात भएको प्रति सन्तुष्टी थिएन । २०७७ पौष ५ को संसद विघठन प्रतिगमनको पाटो हो , यो समाजबाद प्राप्तीको निम्ति बाधक छ, यो कदमले नेकपा एमाले भित्रै गडवड गर्छ जसका संकेत वर्तमानमा देखिइरहेका छन् ।

अव सर्वोच्च अदालतले फैसला गरेका आधारमा उभिएर सुदृढ र एकिकृत एमाले निर्माण गर्नुपर्छ, यी तपाँइको मत थिए । कोरोनाको संक्रमणबाट ग्रसित अवस्थामा पनि अहिले सांसदहरुले राजिनामा दिनुहुन्न भन्ने तपाँइको मत थियो । तपाँइको सपना साकार त भयो तर विडम्बना आफ्नो माग पुरा भएको दृष्य देख्न पाउनु भएन । मानिसहरुद्धारा मानिस माथि शोषण गर्ने घातक चलनलाई समूल नष्ट गर्न र नेपाली समाजलाई सवै प्रकारको शोषण, अन्याय अत्याचार र अशान्तिबाट मुक्त भएको समाजबाद तथा साम्यवादको उच्च लक्ष्यमा पु¥याउने तपाँइको सपना थिए जुन सपनालाई अधुरै छाडेर सदाका निम्ति विदा हुनुभयो ।

तपाँइले देखेको सुन्दर सपनालाई साकार पार्न हामीले अझै निक्कै लामो बाटो तय गर्नु छ । त्यसका निम्ति थुप्रै काम गर्न बाँकी छ । तपाँइको निधनबाट समाजबादी आन्दोलनलाई ठूलो क्षती पुगेको छ । त्यसलाई पूर्णता गर्नका लागि हामीहरु यहाँको निधनबाट उत्पन्न दुखलाई क्रान्तिकारी शक्तीमा बदल्ने छौं । शोकलाई शक्तीमा बदल्ने छौं ।

यहाँको लामो र कठिनपूर्ण राजनितीक जीवनको गहिरो अध्ययन गर्दै, यहाँले गर्नुभएका अशल कामहरु, योगदानहरु र कृतिहरुको रक्षा गर्दै यहाँको वलिदानी भावनाले युक्त कम्युनिष्ट जीवनका उच्च आदर्शहरुबाट विनम्रतापूर्वक सिक्दै र त्यसबाट प्रेरणा लिएर यहाँको अधुरो सपनालाई साकार पार्न अझ थप जिम्मेवारीका भावनाका साथ अघि बढ्ने छौं । यहिनै हामी सवैको यहाँ प्रति सच्चा र वास्तविक श्रद्धान्जली हुनेछ ।

कमरेड पशुपति चौंलागाई अव हामी संग हुनु हुन्न तर यहाँका अमर कृतिहरु र योगदानहरु हामीसंगै छन् । यहाँको पार्थिब शरिर नरहे पनि यहाँका योगदान र आदर्शहरु सदा अम्मर रहनेछन् । हामीलाई अझ ठुला दुख, कष्ट र बाधा विघ्नहरुलाई पार गर्दे अघि वढ्न सँधै प्रेरणा प्रदान गरि रहनेछन् ।

गरिब किसान परिवारमा बुवा चन्द्र प्रसाद र माता भक्त मायाको पहिलो सन्तानको रुपमा २०१६ फाल्गुणमा जन्म भएको पशुपति चौंलागाईका ३ जना भाई र २ बहिनीको जन्म भएको थियो । पार्टी कामलाई प्राथमिकता दिने कारण ढिला विवाह गरेका कमरेडले सुनिता फुयाल संग वैवाहिक सम्बन्ध जोडेपछि ३ छोरी र १ छोराको जन्म भएको थियो । दैव कति निष्ठुरी रहेछ भाइ अल्पायुमानै जानु, आमासंग छिटै विछोड हुनु, पहिलो सन्तानको रुपमा जन्मिएकी छोरीको मरणको त कुरै नगारौं यो भन्दा दुखान्त, अवस्था त कुनैलाई नपर्ला ।

अस्पताल लैजाउ पैसा छैन, बाहिर हिडडुल गरौं, साथीभाई संग सम्बन्ध सम्पर्क गरौं विद्रोही पक्षबाट स्थानहद, बेचविखन गरौं पहाडको साना साना टुक्रा जग्गाले समस्या समाधान नहुने । उफ ! भाडा तिर्न नसकेर भक्तपुरमा घरवेटिले घरबाटै निकाली दिएको । कहिले कंही मानवता त हुन्छ होला नी तर देखिएन, छोरी जीवन र मृत्युको दोसाधमा छन्, घरबेटिले घरबाट निकालि दिए । लामो समयसम्म कोठा खोज्दै हिंडे भेटेनन् । सुस्केरा हाल्दै एक दिन मलाई भने साथी कहिले कंहि त जीवनको बारेमा कोसंग मन विसाउ, को संग मनको वह पोखौं । जीवन यस्तो पनि त रहेछ । भन्दै गय संसारमा दुष्ट मात्रै हैन रहेछ, भगवानसंग विस्वास त छैन, रहेछ भने मेरो लागि यो घरको साहु भगवान हो । उनले थप्दै गए, छोरीको अन्तिम अवस्था छ, गोजीमा पैसा छैन । दिन टार्ने, परिवार पाल्ने सामाग्री छैन । यो अवस्थामा अर्को डेराबाट यहाँ सरे । दुइ तीन दिन पछि मेरी छोरीको मृत्यु भयो । कोठामा २ भाई थियौं उनी कहिल्यै रुदैनथे । तर आज थाम्न सकेनन् दुवै ……… । मलाई त्यो क्षण सम्झदा लाग्छ इश्वर तँ कतै छस भने यस्तो भयङ्कर दुख कसैलाई नदे ।

गोजीमा पेसा हुँदैनथ्यो, विहानै आमाले पकाएको भात खाएर चरिकोट गए । तर आमा अलि स्वस्थ्य थिइनन् औषधी पनि ल्याउनु प¥यो । पार्टीको काम पनि गर्नु प¥यो । बस चढेर गए, आमा बचाउने औषधी किन्दै थिए, पार्टी कार्यालयको काम बाँकी नै थियो । फोन थिएन, मोवाइन थिएन, गाँउबाट मानिस दौडेर पुग्यो र भन्यो दाइ आमा त ……. ।

हामी सागरमा थियौं । लास चिटामा चढाएका थिएनौ । उस्लाई पर्खिएका थियौं । टाढैबाट चिच्चाहट आयो आमा ……!! उ थामिन सकेन । आमालाई अँगाले हाल्यो र चुम्मन ग¥यो मेरी आमा …. !! विहान भात खुवाएकी आमा अव उसको साथ थिइनन् । यी सवै उसका वियोगान्त, मर्माहत घटना थिए । यी सवै घटना उसका गरीविसंग सम्बन्धित थिए ।

२०५६ मा दोलखा जिल्लाको क्षेत्र नं. १ बाट अत्याधिक मत प्राप्त गरि विजयी हुन अत्यन्तै कठिन र चुनौति थियो । एकातिर पार्टि फुट र विभाजनको कारण र अर्को तिर माओवादी शशस्त्र विद्रोहको प्रभाव । त्यसैगरी उ माथि लागेका आक्षेपहरु कम चोटिला थिएनन् । घेटेराको छोरो पैसा नहुने, ………………आदी आदी जस्ता गैह्र राजनितिक कुराहरु चिया गफमा मात्र होइन पार्टिको बैठकमा समेत छलफलका बिषय र एजेण्डा नबनेका होइनन् । तर उसमा बिष पचाउने क्षमता थियो । आखिर टिकट प्राप्त नभए पनि २०७० मा समानुपातिकको तर्फबाट सांसद भयो ।

२०७४ को निर्वाचन उस्कोे निम्ति चुनौतिपूर्ण थियो । संघिय टिकट प्राप्त गर्ने अवसर थियो । सबैको अड्कल र सम्भावित व्यक्ति उहि थियो । तर नवौं महाधिवेशनमा (भृकुटिमा) अर्को तर्फ मतदान नगरेकोले आरोपित थियौं । सायद त्यसैको बदला हुन सक्छ, झण्डै झण्डै प्रदेशको उम्मेदवारी समेत नपाउने वातावरण सिर्जना भयो । उ माथि भएको क्रृर अन्याय सबैले महशुस गर्दैनन् र स्वीकार्दैनन् होला, एउटै गाडिमा जिल्लामा फर्कदाँको अवस्था मलाई अहिल जस्तो लाग्छ । सायद उस्कोे ठाउँमा अरु कोहि भएको भए पार्टिमा विद्रोह र ठुलै हलचल पैदा गर्थेहोला ।

प्रदेशको टिकट मलाईm हैन लाल कुमार दाइलाई भन्दा उसको त कुरै नउठाउ उसमा बारेमा सुन्नै चाहदैनन भन्ने जवाफ जिम्मेवार नेताहरुको फोनको आवाज सुन्ने म आफैं साक्षी छु । मित्र तिमि धर्ति थियौं तर सबैले बुझ्न सकेनन् । प्रदेश सांसद चुनौतिपूर्ण ढंगले जित्यौं । पार्टिमा जिवनभर तिम्रो साथ दिने व्यक्ति तिम्रो साथ थिएन । उ आफ्नो अस्तित्व रक्षा भनेर विपक्षमा उभिएको थियो । जे भए पनि तिमिले विजय प्राप्त ग¥यौं । तर त्यसपछिका दिनहरु तिम्रा लागि पूर्णिमाका दिनहरु थिएनन् । कसैले गिज्याए, पहिलो हुने व्यक्ति चौथो पाँचौमा पुग्यो । विभिन्न कार्यक्रमहरु भए तिमिलाई निम्तो भएन । लाग्छ तिमी भिखारी भैसकेका थियौं, सांसदको तक्मा त भि¥यौं तानी त्यसप्रति आफ्ना आफन्तहरुले समेत वाणरुपि बचनले छेदन गर्न नखोजेको होइन ।

सिंगो जिवन समाज परिर्वतनकै खातिर सर्मपण गरेको हो । यो धर्तिमा रहुनजेल आफ्नो बनाएनौं, संस्थागत बनायौं, संस्था निर्माण गर्न व्यक्तिवादी बनेनौं, सामुहिकतामा बिश्वास ग¥यौं, अन्तत एक्लो वृहस्पति जस्तो होकी भन्ने परिदृष्य देखाउन र प्रमाणित गर्न भरपुर प्रयत्न नगरिएमको होइन । तर तिम्रा शुभचिन्तकहरु, प्रिय पात्रहरु, तिम्रा शिष्यहरु, दशकौं लगानी गरका जनताहरुको माया अनन्तसम्म पाइरहनेछौ । समाज रुपान्तरण गर्ने खाका सबै संग हुँदैन । अहिले पनि तिम्रा डाइरीहरु पल्टाएर हर्ने हो भने दर्जनौं योजनाहरु भेटिन्छन ।

तिमि राजनितिक नेता मात्र नभई सामाजिक एवं विकास निर्माणको भिजनरी नेता पनि हौं । आफ्नो कार्यक्षेत्रमा थुप्रै कार्यहरु सम्पादन भएका छन त कतिले पर्खेर बसेका छन । अधुरा र आश्वासन प्राप्त कार्यहरुले तिम्रै बाटो हेरिरहेका छन । बिचरा के थाहा तिनीहरुलाई तिमि नर्फकिने बाटो गयौं भनेर । आर्थिक र सामाजिक रुपले जर्जर भएको समाजलाई बदल्न तिमिले माक्र्सबादी दर्शनलाई कार्यरुप दिन आफैले आर्जन गरेको सानो अंश बचत गरेर ठुलो धनराशी निर्माण गरि सो को उपयोग आफैले गरेर आर्थिक समस्या समाभान गरि समृद्ध बन्ने जस्तो पवित्र कार्यक्रम अंगालेको सहकारी अभियानलाई अंगिकार ग¥यौं ।

यसरी आफु पनि सहकारीमा आबद्ध भई अरुलाई पनि सहभागी र आवद्ध हुने र गराउने कार्यक्रमका निम्ति पार्टिले सहकारी विभाग निर्माण गरि त्यसको इन्र्चाजको जिम्मेवारी दिएको थियो । सरकारले अबलम्बन गरेको ३ खम्बे अर्थनीतिमा सहकारीलाई आर्थिक समृद्धिको एउटा महत्वपूर्ण खम्बा स्वीकार गरेकोले यसको ऐन, नीति निर्माणमा समेत तिम्रो भूमिका अहंम थियो । दोलखा तिम्रो जन्मभूमि यो राजनितिक, सामाजिक, भौगोलिक विविद्यताले बनेको छ । यहाँ फरक फरक भाषा, धर्म, संस्कृति तथा वातावरणीय रहन सहन छ ।

मलाई लाग्छ, तिमि जनताका हरेक झुपडिमा पुगेका छौ, धरै मानिसले माया ममता र आदर सत्कार गर्ने मानिसहरु सायदै कम हुन्छन । विपक्ष हरुले स्वीकार गर्ने मानिसहरु पनि विल्कुल थोरै हुन्छन । आफ्नो प्रतिसपर्धीलाई लगभग निमिट्यान्न पार्ने, अस्वीकार गर्ने, बैगुनी देखाउने र विरोधिको संज्ञा दिने यहाँ मात्र हैन संसारको प्रचलन नै देखिन्छ । तर तिमि अपवादमा परेका छौं, तिमिलाई म पछिको नेता हो भनेर नेपालि काँग्रेसका भद्र नेता भीम बहादुर तामाङले भनेका थिए । सशत्र युद्ध गरेर आएका माओवादी नेताहरुले समेत दोलखामा हामीले मान्ने, आदर गर्ने, विश्वास गर्ने, भर पर्ने, अझैं हाम्रो अभिभावक जस्तै लाग्छ भनेर भनेको सुनिन्छ ।

अन्य राजनितिक दलका नेता तथा कार्यकर्ताहरुले पनि तिम्रो उपस्थिती र उचाइलाई कहिँ कतै अनादर गरेको भेटिदैन, यसको अर्थ सिंगो दोलखा बासीले तिमि प्रति सद्भाव राखी अभिभावक स्वीकारेको देखिन्छ । गरिब किसान परिवारमा जन्मिएको समस्यै समस्याले घेरिएको मेरो पुरानो वालसखा स्वार्थ, दाउपेच र खिचातानीमा अल्झिएको वर्तमान राजनितीक अवस्थामा कोरोना संक्रमित भएर उपचारार्थ बाच्ने अभिलाषा लिएर अस्पतालको शैयमा आफ्नो जीवन मरण लडाँइ लडी रहेको थियो । उसलाई लागेको थियो म रोगबाट मुक्ती पाउँछु ।

अस्पतालको वेडबाट मसंग मेसेन्जर मार्फत कुरा भैरहेको थियो । २०७८/०१/२४ “नमस्ते, अलि जटिल पो भयो, ज्वरो १०२, अक्सिजन लेबल ९२ भन्दा बढेन, प्रेसर त झन ८०/५० मा झ¥यो । शरीरको दुखाइ बढ्यो, शरीर यति शिथिल छ कि सामान्य गतिविधि गर्न पनि नसकिने, कान वन्द होला जस्तो, आँखामा पनि समस्या, हेरौं डाक्टरहरु लागिरहनु भएको , सुधार होला ।” २०७८/०१/२५ “उस्तै छ ।” २०७८/०१/२६ “कमजोरी धेरै, प्रेसर १००/७०, ज्वारो नियन्त्रण छ, अक्सिजन को मात्रा ९२/९४, खाना मन नलाग्ने, आँखा दुख्ने र कानमा पनि समस्या छ । तर सुधार होला ।” अस्पताल भर्ना भएपछि म्यासेन्जरबाट प्राप्त सुचना म सँग यिनै थिए । २४ गतेको भन्दा २६ गतेको स्वास्थ्य अवस्था सुधार र आशालाग्दो देखिन्थ्यो । तर २८ गते उहाँको निधन भयो ।

निष्ठा र आदर्शको राजनीति गर्ने व्यक्ति, शालिन, धैर्यशिल, इमान्दारी, स्वाभीमानी जस्ता मूल्यहरुको विम्ब, कुशल राजनतिज्ञ, आशा र भरोशाका केन्द्र, हिजो मेरो बाल्यकालको आत्मिय साथी, आजको मेरो प्रिय नेता, मेरो अभिभावक, जीवनभर साथ छोड्न नसकेको आदरणीय दाई पशुपति चौंलागाई जिवनको कठोर र चुनौतीपूर्ण अवस्थामा कहाली लाग्दा लडाँइ जित्यौ तर पापिष्ट कोरोनालाई परास्त गर्न सकेनौ । हामी सबैलाई भौतिक रुपले टुहुरो र अभिभावक विहिन बनाएर कहिल्यै नफर्कने गरी गयौ । अमर र अजर छौ । “दोलखाको चम्किला तारा” भएर चम्किरहने छौ । यस दुखद घडिमा अन्तिम श्रदा सुमन अर्पन गर्दछु । र शोकमा डुबेका परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु । तपाँइको निष्ठा, इमान्दारिता र आदर्शलाई आत्मासात गर्दै तपाँइले देखेका स्वर्ण सपनाहरु पुरा गर्न, अधुरा र अपुरा कार्यहरु पुरा गर्न लागि रहने प्रण पनि गर्दछु । सधैका लागि विदा कमरेड !! लाल सलाम !!


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको