ओरालो लाग्यो चितवनमा कोरोना संक्रमितको दर…………..

nbn जेष्ठ १५, २०७८

By खुल्लासञ्चार डट कम २०७८, १५जेठ शनिबार १२ः१५

१५ जेठ सम्म आई पुग्दा चितवनमा कोरोनाको बिरामी हरु निकैै कम भएको र बिरामीको चाप पनि घटदै गएको छ । केही दिन अघि मात्र देशका बिभिन्न स्थान हरुबाट संक्रमितहरु चितवन आउने गरेकोले अस्पतालमा बिरामीको उपचार गर्न हम्मे हम्मे परेको थियो । कुनैपनि अस्पताल र अस्पतालका बेडहरु खाली थिएनन, जिल्लाका अस्पतालहरु कोरोना संक्रमितको हबनै बन्न पुगेको थियो । कोरोनाको संक्रमण दरमा कमी आएपछि अस्पताहरुमा बिरामी तथा अन्य ब्यक्तिहरुको भिडभाड निकै कम भएको छ ।Corona
प्रत्येक दिन हुने कोरोना परिक्षण मध्ये ७४ प्रतिशतलाई संक्रमण देखिने गरेकोमा अहिले १५ देखि २० प्रतिशतलाई मात्र संक्रमण देखिएको र यो दर अझ घटने क्रममा रहेको कुरा भरतपुर अस्पतालका अध्यक्ष तथा बरिष्ठ फिजिसियन डा भोजराज अधिकारीले बताउनुभयो जसको लागी अझै २ हप्ता कुर्नुपर्ने र अझै व्यापक सावधानी अपनाउनुपर्ने बताउनुभयो । यो एकदमै शुभ संकेत हो । अब दुई हप्ता धैर्य गरौं । कोरोना संक्रमण धेरै घट्छ । वहाँले प्रष्ट पार्नुभयो ।
दिनको ४५० जना जति दैनिक कोरोना परीक्षण गर्न आउने गरेकोमा अहिले दैनिक १५० जना मात्र आउँने गरको र परीक्षण गर्नेको संख्या घटेसँगै कोरोना संक्रमण दर पनि घट्दो क्रममा छ, साथै गम्भीर रहेका कतिपय बिरामीको मृत्यु भएका छन् भने सामान्य बिरामी अस्पतालबाट डिस्चार्ज भएका छन् । अस्पतालहरुमा बिरामीको चाप घट्दो छ । कोरोनाको तेस्रो वेभ भविष्यमा आउन पनि सक्ने वा सामान्य रोग जस्तो भएर जाने दुवै सम्भावना रहेको कुरा पनि वहाँले बताउनु भयो ।
स्वास्थ्य कार्यालय चितवनले आज प्रेषित गरेको तथ्यांक अनुसार विगत २४ घण्टामा चितवन जिल्लामा एक जना पनि कोरोना संक्रमितको निधन भएको छैन । अन्य जिल्लाबाट आएका कोरोना संक्रमित भने तीन जनाको मृत्युभएको छ ।
अस्पतालमा उपचाररत बिरामीको संख्या ५०० बढी पुगेको थियो तर विगत २४ घण्टामा सो संख्या घटेर ३९२ मा झरेको छ । त्यसैगरी आईसीयू र भेन्टिलेटरमा पनि बिरामीको संख्या घटेको देखिन्छ । विभिन्न अस्पतालको आईसीयूमा १९०, भेन्टिलेटरमा ६१ जना, एचडीयूमा ४३ जना र सामान्य बेडमा १५४ जनाको उपचाररत भइरहेको छ । जुन एकहप्ता अगाडिको तथ्यांक भन्दा धेरै कम हो ।
स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार विगत २४ घण्टामा १०७ जना कोरोना संक्रमित चितवनमा थपिएका छन् । जसमध्ये भरतपुर महानगरपालिकामा ८२ जना, खैरहनीमा ३ जना, माडीमा ५, रत्ननगरमा ९ जना, राप्तीमा ५ जना र कालिकामा ३ जना रहेका छन् । योसँगै चितवनमा संक्रिय संक्रमितको संख्या चार हजार ९०३ जना पुगेको छ । चितवनका विभिन्न अस्पतालबाट विगत २४ घण्टामा ३५ जना बिरामी डिस्चार्ज भएका छन् जुन संख्या एक हप्ता अगाडि धेरै कम थियो ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको