राहत बिरण सम्पन्न

nbn जेष्ठ २६, २०७८

नेपाल नागरिक अभियान र मेची महाकाली बुहारी आवाजको संयुक्त आयोजनामा यस्तो लक डाउन तथा कोरोना कहरको कठिन परिस्थितिमा पनि कुनै दुःखी गरबि र असहाय ब्यक्ति भोकै नपरुन भोकले नमरुन भन्ने उद्देष्यका साथ सबैलाई समान रुपमा राहत स्वरुप चामल दाल तथा अन्य खाद्य सामग्री बितरण गरियो ।

राहत बितरण गर्दै नेपाल नागरीक अभियान र मेची महाकाली बुहारी संयूक्त आवाज का अभियन्ता ।

छोटो समयमानै देशका बिभिन्न ५४ वटा जिल्लाहरुमा स्थापना भैसकेको यस मेची महाकाली बुहारी आवाज नामको गैर सरकारी संस्थाले कोरोना कहरको पहिलो लहर देखीनै गरीब तथा असहाय ब्यक्तिहरुलाई देशका बिभिन्न स्थान र समयमा राहत बितरण तथा खाना खुवाउने अभियान चलाउएदै आएको कुरा यस काठमाडौं संस्थाकी सचिव रेखा थापाले जानकारी दिनुभयो ।
त्यसै गरी कोरोना कहरको समयमा मात्र नभै अन्य परिस्थतिहरुमा पनि महिला तथा बालबालीको हक र हितको लागी हमेशा सहयोग र सेवा गर्न तत्पर रहने कुरा पनि यस काठमाडौं साखाकी सह संयोजक हरिमाया पौडेलले बताउनुभयो । आगामी दिनहरुमा पनि हामी निरन्तर रुपमा दुःखी गरिबको सेवा र सहयोग निरन्तर रुपमा गरीनै रहने छौं, साथै कुनैपनि सहयोगी मन तथा भावना भएका ब्यक्तिहरुले सिधै मेचीमहाकाली बुहारी संयूक्त आवाजको कार्यालयमा सम्पर्क गरी सहयोग गर्न सकिने कुरा पनि ब्यक्त गर्नुभयो ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको