आशा जाग्यो निशा घिमिरेको जिवनमा

nbn जेष्ठ २८, २०७८

नियतिको खेल भनौ या बिधिको बिडम्बना सन २०१५ को चर्चित मोडेल तथा डान्सर निशा घिमिरे जसको अहिलेको नाजुक र दयनिय अवस्था देख्दा जो कोहिको मुटु काँप्छ । लग भग तिन वर्ष अघिमात्र चलचित्रकै बिषयमा अध्ययनको लागी भनेर छिमेकी मुलुक भारतको देहरादुन पुगेकी निशा घिमिरे सडक दुर्घटनामा परिन र हाल सम्म उपचाररत छिन । लगभग तिन वर्ष अगाडीदेखी उपचार गर्दै गर्दा धेरै रकम खर्च भसक्यो तर अवस्था झन झन नाजुक हुदै गयो स्थिती मा कुनै सुधार आएन शरीर झन गल्दै गयो । यसै क्रममा नवजिवन परोपकार समाज का संस्थाका अध्यक्ष श्री दुर्गानाथ दहाल ज्यूको पहलमा नर्भिक अस्पतालकी सञ्चालिका डा. मेघा चौधरी संग समन्वय गरी उपचारको लागी सम्पुर्ण व्यवस्था मिलाईएको छ ।


निशा घिमिरेको दुर्घटना पश्चात सम्पुर्ण परिवार तनाव र नाजुक स्थितिबाट गुज्रिरहेको थियो । परिवारको दुई छोरी मध्येकी कान्छी छोरी निशा घिमिरे जो प्रति सबै परिवारका सदस्यले आशा राखेका थिए तर अफसोच समय ले अर्कै मोड लियो र सम्पुर्ण परिवारको जिवनमा बज्रपात भयो । अहिले निशा घिमिरेको उपचारको लागी बिभिन्न संघ संस्था र ब्यक्तिहरु लागी परेका छन, जसले गर्दा उक्त पिडित परिवारमा पुनः आशाको किरण देखा परेको छ । आशा गरौं निशा घिमिरेले यस्तो दयनिय र पिडा दायी अवस्थाबाट चाँडै मुक्ति पाउन यहि कामना गरौं । साथै देश बिदेश तथा बिभिन्न ठाउँ मा रहनु भएका मनकारी ब्यक्ति तथा संघ संस्था हरुलाई पनि निशा घिमिरेको स्वास्थ्योपचारको लागी सक्दो सहयोग गरीदिनु हुन हार्दीक अपिल गर्दछौं ।

सहयोग का लागि सिधा सम्पर्क कलाकार निशा घिमिरेका पिता श्री प्रेम प्रसाद घिमिरे 9851238952


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको