भाषा विवाद र भाषिक एकरुपता

अशोज ५, २०७३

Bhusan

भूषण हुमागार्इं

हाम्रो भाषा भाँडिँदै गइरहेछ । यस कुराले मलाई धेरै अघिदेखि नै लुछिरहेछ । हुन त यो धेरै अघिदेखि उठेको प्रश्न हो तर अहिले भने यो छताछुल्ल भएर सर्वत्र पोखिइरहेछ । यसै बेला भाषाबारे आफ्ना धारणा राख्न एकदमै सान्दर्भिक ठानेको छु । यो मेरो नितान्त निजी धारणा हो र मेरो धारणासित सबैले सहमत हुनैपर्छ भन्ने छैन ।

काठमाण्डौकै सेरोफेरोबाट कुराको उठान गरौं । एक समय, हालको वीरेन्द्र सभागृह अघिल्तर सडकछेउमा सुन्दर उद्यान विकास गरिएको हुन्थ्यो जहाँ समय–समयमा किसिम–किसिमका फूल फुल्दथे जसका उपर ठाँउठाँउमा कविशिरोमणि र महाकविहरुका अमृतमय विचारहरु ढुङ्गाको पातोमा लेखेर राखिएका हुन्थे, पढ्दै हिँड्दा कति ओजश्वी लाग्दथे ती । विज्ञानको विकासमा अन्धो भएर हुनसक्छ, महानगरपालिकाले विकासको नाउँमा त्यस ठाउँमा बिनाविचारको सपाट विकास ग¥र्याो ती गरिमामय विचार त्यतै कतै पुरिराखेर ।

त्यसै बेला,फूटपाथमा लहरै जात–जातका ठूला–ठूला रुख उभिएका हुन्थे । पात झरेर नगरपालिकालाई फोहोर पा¥यो भनेर होला अथवा माकुराजाले बिजुलीका तार चुँडाउला र आपदविपद् निम्त्याउला भन्ने ठानेर होला महानगरपालिकाले भएभरका ती मायालाग्दा, प्यारा र सुन्दर रुखहरु निर्दयतापूर्वक फाल्ने काम ग¥यो । खोइ त, महानगरपालिका फोहोर हुन छाडेको छैन त ! बरु, दोब्बर तेब्बर फोहोर भइरहेछ । माकुराजाले बिजुलीतार अझैसम्म पनि व्यवस्थित गरिएका छैनन् ! छँदाखाँदाका रुखहरू काटेर अहिले ठाउँ–ठाउँमा बिरुवा रोप्नुको तात्पर्य के ? कुनै विदेशी महाप्रभु आउँछन् भनेर तिनलाई देखाउनका लागि श्रृङ्गारका साधन मानेर रोपिएका बिरुवा रातभरि भाँचिन्छन्–हाम्रा नेता र हाकिमका विचार र पहलजस्तै ।

पूर्खाले पसीना बगाएर आर्जेको पहिलेको जस्तो गर्व गर्न लायकको काठमाण्डौ अब त्यस्तो कहाँ छ र ? अहिले आत्मरतिमा मात्रै रमाइरहने आडम्बरी ,मैलो र विकृत बनेको छ यो । सह हराउँदै गएर हुन सक्छ–झलमल्ल बत्ती बलेर पनि पूरै अन्धकार छ यो । रातभरी जागा रहने रोग लागेर पिलन्धरे छ । हाम्रो सोच, विचार , चिन्तन र कार्यशैली नै स्वार्थी, कालो र महत्वाकांक्षी भएर होला काठमाण्डौ कालो छ अँध्यारो छ । यसको कालो ‘पन’ देशभरि मात्र होइन भाषा समेतमा पनि सर्लक्क सरेको छ ।

जसले भाँडभैलो मच्चाउँछ त्यो भाँड हो । भाषामा भाँडभैलो मच्चाएर भाँडने भाषाका भाँड हुन् । भाषाका भाँडहरूले नै भाषा भाँडिरहेछन् । ठूलाठालू नै छन् भाषा भाँडने भाँडहरू । केहीका त म नाँउ नै भन्न सक्छु तर किन रछान चलाउनु ? अब तिनैका चेला कसरी गतिला होऊन् त ? अनि ती चेलाका पनि चेला ?
जैसा गुरु वैसा चेला
दोनों नरक में ठेलमठेला !

सरलतातिर बहनु भाषाको प्रकृति हो तर यसो भनेर भाषालाई आफ्ना इच्छाअनुसार तोडमरोड गर्नु कदापि न्यायोचित होइन । दुइ चारजनालाई उच्चारण गर्न गाह्रो भयो भन्दैमा भाषाको हुर्मत काढ्ने अधिकार कसैलाई पनि छैन ।

यिनै गुरुहरूबाट दीक्षित भएकाहरूले गर्ने गरेका ‘भर्खर’ र ‘तुरुन्त’ शब्दको प्रयोग सुन्छु , दिक्क लागेर आउँछ । ‘तुरुन्त’ प्रयोग गर्ने ठाउँमा ‘भर्खर’ शब्दको प्रयोग गर्दा भाषा दिग्भ्रमित भइरहेछ । ‘म तुरुन्तै ९च्ष्नजत लयध० ल्याइदिन्छु’ भन्नुपरे ‘म भर्खरै ९व्गकत दभायचभ० ल्याइदिन्छु भन्छ । हामीमा कालको चेत छैन । भए पनि कसैको लहैलहैमा कुदिरहेछौं । फेरि ‘जाँदैनथ्या’े र ‘जान्दैनथ्यो’ लाई ‘जान्थेन’ भन्ने प्रयोग कताबाट कसरी आयो थाहा छैन । ‘गर्थेन’, ‘हुन्थेन’ जसरी प्रयोग गर्ने हो भने व्याकरण पोलिदिए हुन्छ ।

भाषिक एकरुपताको बहस चलेको धेरै अघिदेखि नै हो । यही बहस गर्दागर्दै धेरै दिग्गजहरू मक्किएर गइसके । भाषिक एकरुपता नहँदा नै नेपाली भाषा र साहित्य विश्वस्तरमा उक्लिन नसकिरहेको हो भन्ने मेरो ठहर हो । हामी आफ्नो भाषाको घाँटी निमोठेर अनेक भुक्तमान झेलेर विश्वस्तरमा उभिन पुगेका अन्य भाषाका कुरा गर्छौं , विद्वान् हुन खोज्छौं । विद्वान् छौं पनि तर बगम्फुसे ! मलाई यसरी लेख्न कति पति हिच्किचाहट छैंन किनभने भाषामाथि निरन्तर भइरहेको अत्याचार सहेर बसिरहनु परेकाले होला अधीर भइरहेछु । राजनैतिक भागबण्डाले र ‘हाम्रो मान्छे’ काखी च्याप्ने परम्पराले भाषा यतिसम्म छताछुल्ल भइसकेको हो , त्यसमा कुनै द्विमत छैन ।

भाषालाई जीवन्त राखिरहनुपर्छ भने एउटा सर्वस्वीकार्य मापदण्ड नेपाल प्रज्ञा प्रतिष्ठानले निर्धारण गर्नुपर्छ ।यसो भन्दा मलाई प्रज्ञा प्रतिष्ठानका एक हूल प्राज्ञ र डाक्टर प्राध्यापक मिलेर निकालेको एउटा व्याकरण पुस्तकको स्म्झना हुन्छ जसमा पेट चिरेको ‘ब’ थिएन । त्यसका लागि उक्त हुलले ठूलो क्षमा याचना गरेको छ । त्यसमा ‘ब’ को साटो ‘तलथोप्ली व’ प्रयोग गरेर प्रज्ञा प्रतिष्ठान चुक्यो भन्ने लाग्छ । राजनैतिक भागबण्डा र ‘हाम्रो मान्छे ’ का कारण साझा प्रकाशनको जुन अवस्था भएको छ –सर्वविदित छ । यसर्थ यस्ता संस्थाहरूमा, विद्यालयमा भाषा शिक्षकका रुपमा, सञ्चार माध्यममा प्रस्तोताका रुपमा, पत्र पत्रिकाका सम्पादकको रुपमा तथा ‘प्रूफ रिडर’ – को रुपमा भाषामा राम्रो दखल भएका मानिसहरू पुग्नुपर्छ । भाषिक एकरुपताका प्रथमोप्रथम संवाहक यिनै हुन् । यस्ता व्यक्ति तयार गर्न सरकारले कक्षा पाँचसम्म एउटा विषयको रुपमा संस्कृत भाषा अनिवार्य गर्नुपर्छ ।

भाषा आफ्नो स्वभाव, आफ्नो प्रकृति र आफ्नो समयअनुसार सरलतातिर बहन्छ , कसैको दाउपेच र जबर्जस्तीले होइन । कथ्य भाषामा , आमा आयो , बाबु आयो , कुकुर आयो , आची आयो ,जसरीसुकै अभिव्यक्त हुनुहोस् अथवा भेग भेगका अनुसार बोलियोस् तर लेख्य भाषा भने सबैको एउटै हुनुपर्छ , परिष्कृत र परिमार्जित हुनुपर्छ , विशुद्ध हुनुपर्छ । हाम्रा सारा उदय उन्नति, प्रतिष्ठा , गौरव भनेको लेख्य भाषा नै हो । अर्काले हामीलाई आँक्दा हाम्रो लेख्य भाषाको धरातलमा आँक्छ । यसको अर्थ कथ्य भाषाप्रति उदासिन बन्नु भन्ने पटक्कै होइन । विशुद्ध लेख्य भाषा पढ्नेको कथ्य भाषा पनि विशुद्ध हुन्छ ।

हाम्रा भाषाका अनमोल मणिहरू तथाकथित भाषाविद्हरूले लोप पार्दै लगिरहेछन ।
वर्णमालाबाट ‘ड़’ , र ‘ढ़’ हराइनुले मलाई बारम्बार पोलिरहन्छ । यो हराइनु समयक्रममा भाषामा भएको परिवर्तन होइन । यो जबर्जस्ती थोपरेर गराइएको बदनियतपूर्ण परिवर्तन हो । ‘ड़’ , र ‘ढ’Þ
लाग्ने अनगिन्ती शब्द हामी सधैं बोलिरहेका हून्छौं । ‘ड’ र ‘ढ’ ‘ड़’ र ‘ढ’Þ –को विकल्प बन्नै सक्दैन । प्रयोगमा नआए पनि ‘ दीर्घ ऋ’ –लाई वर्णमालामा उनिराख्दा कसलाई के कति हानि हुन्थ्यो ?

हामी अहिले प्रमाण–पत्रका लागि मात्रै उच्च शिक्षा लिइरहेछौं । हामीमा ।अध्ययनशीलता छैन । हामीमा वर्ण विज्ञान, ध्वनि विज्ञान , शब्द विज्ञान , अर्थ विज्ञान अथवा समग्रमा भाषा विज्ञानको सार्थक ज्ञान छैन । हामी ‘अ’ आकर म आकर’ भनेर ‘आमा’ पढाउँछौं । ‘आ’ स्वयं एउटा ‘दीर्घ स्वर ’ हो भन्ने राम्रो हेक्का हाम्रा शिक्षक÷शिक्षिकामा छैन । भाषा नै व्याकरणकी आमा भए पनि व्याकरणले नै भाषालाई हिँडाउँछ । ह्रस्व र दीर्घको प्रयोग चाहिँ अझै बेहाल छ ।

भाषालाई खानेभाँडो बनाइनु हँुदैन । दार्जीलिङका शिवराज शर्माद्धारा लिखित ‘माध्यमिक नेपाली व्याकरण र रचना ’ जतिको स्तरीय व्याकरण पुस्तक नेपालमा देखिने भनेको स्व.कृष्णप्रसाद पराजुलीकृत ‘मीठो नेपाली राम्रो रचना’ मात्रै हो । त्यहाँ भाषाका विद्वान् र अध्येता थोरै भएर हुन सक्छ एउटा मात्र छ स्तरीय छ । हुन त त्यहाँ स्व.पारसमणि प्रधानको व्याकरण पनि नरुचाइएको होइन तर यहाँ भने घरैपिच्छे भाषाका डाक्टर भएर होला भाषाको यो बेहाल छ । दार्जीलिङको हेरेर नेपालले सिक्नुपर्ने अझै केही कुराहरू बाँकी नै छन् जस्तो लाग्छ । नेपालले भाषिक एकरुपताका लागि पहल गरेन भने दार्जीलिङ , सिक्किम, असम र बनारसले नेपालको भाषालाई स्वीकार नगर्ने दिन आउन धेरै पर्खनु पर्दैन ।

शब्दको गलत प्रयोग गरेर ‘काठमाण्डौंमा यस्तै चल्छ’ भन्ने मानसिकता नहटेसम्म भाषिक एकरुपताको सवाल जीवित रहिरहने निश्चित छ ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको