पाल्पामा टिपर खस्दा एक जनाको ज्यान गयो…….

nbn असार २, २०७८

दुई टिपर सडकदेखि तल खस्दा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा चार जना घाईते भएका छन । तानसेन तम्घास सडक खण्ड अन्तर्गत रिब्दीकोट गाउँपालिका २ लघुवामा बुटवल देखि गुल्मीतर्फ जाँदै गरेको बा ४ ख ७३२० नम्बरको टिप्परले सोही दिशातर्फ जादै गरेको प्रदेश नं ३–००१–क–०२५० नम्बरको टिप्परलाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गुल्मीको रुरु गाउँपालिका २ का ४५ वर्र्षीय टंक बहादुर कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । दुर्घटनामा परी गम्भीर घाईते भएका उनलाई तानसेन स्थित युनाईटेड मिसन अस्पतलमा पुर्याउँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै अन्य ४ जना घाईतेहरुको मिसन अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । जस मध्य रुरु गाउँपालिका २ की ४२ वर्षीया रमा कुवंर र ललितपुर घर बताउने अन्दाजी २६ वर्र्षीय राजेन्द्र बजगाईको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । यस्तै गुल्मीको रुरु गाउँपालिका २ का ३८ वर्र्षीय अशोक कुँवर र नवरपरासीको सुनवल नगरपालिका ९ का २२ वर्र्षीय किसन कुवंर को अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्र्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर स्वIतीले जनाए ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको